www.tandavnews.com
Fact ~ In search of truth

कसेरीमा मित्र मिलन सहकारीको सदस्य सेवा केन्द्र शुभारम्भ

पोखरा ।

मित्र मिलन बचत तथा ऋण सहकारी संस्थाले कसेरीमा सदस्य सेवा केन्द्र शुभारम्भ गरेको छ । नयाँबजारस्थित प्रधान कार्यालय रहेको सहकारीले आफ्नो पहिलो सदस्य सेवा केन्द्र बुधबारबाट संचालनमा ल्याएको हो ।

जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैन बहादुर अधिकारी क्षेत्रीले सेवा केन्द्रको उद्घाटन गरे । उद्घाटन गर्दै क्षेत्रीले सेवा केन्द्रले कसेरीवासीलाई टेवा पुग्ने विश्वास ब्यक्त गरे । सहकारी नाफामुखी मात्रै भन्दा पनि स्थानीयहरुको जिवनस्तर उकास्ने कुरामा केन्द्रित हुनुपर्ने उनको भनाई थियो । ‘सहकारीले नाफा कति भयो भन्नेमा मात्रै ध्यान राख्ने हैन । यहाँका स्थानीयहरुलाई उद्यमी बनाउन प्रेरीत गर्ने र जिवनस्तर उकास्ने खालका कार्यक्रमहरुमा पनि केन्द्रित हुनुपर्छ’ उनले भने ‘युवाहरुलाई विदेशिन रोक्न, व्यवसाय, स साना उद्योग, कृषीमा अभिप्रेरित गरि बचतको बानी विकास गर्न सहकारीको भूमिका रहनेछ भन्ने विश्वास छ ।’

Batas

राष्ट्रिय सहकारी बैंक पोखरा शाखा प्रमुख नरेश पाण्डेले सहकारी र बचतको महत्वबारे बोले । ‘हामीले सानैदेखि बचतको बानी विकास गर्नुपर्छ । फजुल खर्चहरुलाई घटाएर बचत गर्न सक्यौँ भने भविष्यमा यसको अर्थ ठूलो हुन्छ । बचत गर्ने बानी बसालौँ’उनले भने ।

सहकारीका अध्यक्ष रमण पौडेलले स्थानीयसँगकै साझेदारीमा विभिन्न कार्यक्रमहरु ल्याइने बताए । बचत गर्न प्रेरित गर्दै उनले कृषी, व्यवसाय लगायतका क्षेत्रमा सहज ऋण उपलब्ध गराउने बताए ।

सो अवसरमा बोल्दै मित्र मिलन पत्रकारिता पुरस्कारबाट पुरस्कृत पत्रकार अर्जुन गिरी, रञ्जन अधिकारी र बिमला भण्डारीले कसेरी सेवा केन्द्रको सफलताको शुभकामना दिए ।

अध्यक्ष रमण पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत किरण अधिकारीले स्वागत मन्तब्य राखे । सचिव कुशल पौडेलले कार्यक्रम संचालन गरेका थिए ।

सहकारीले उद्घाटन समारोहमा उपस्थितहरुलाई विभिन्न विरुवाका बिउविजन समेत वितरण गरेकाे थियो ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.