www.tandavnews.com
Fact ~ In search of truth

तोकिएको अवधिभित्रै निर्माण पूरा हुँदै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

पोखरा,
ताण्डव न्यूज ।

राष्ट्रिय गौरवका आयोजनाहरूको प्रगति सन्तोषजनक नरहेको अवस्थामा पोखरामा निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भने तोकिएकै समयमा सम्पन्न हुने भएको छ ।

अहिले भइरहेको कामहरूको प्रगतिको आधार हेर्दा भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलभन्दा पहिले नै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुने देखिएको छ ।

Batas

विमानस्थल आयोजनाका अनुसार विमानस्थलको ६८ प्रतिशत भौतिक प्रगति सम्पन्न भएको छ । यस्तै करीब ५१ प्रतिशत वित्तीय प्रगति भएको छ । तोकिएको काम सम्पन्न भएपछि मात्रै ठेकेदारलाई पूरा भुक्तानी दिइने भएकाले वित्तीय प्रगति कम देखिएको तर त्यो भुक्तानी गर्दा स्वतः वित्तीय प्रगति पनि माथि पुग्ने विमानस्थल आयोजनाले जानकारी दिएको छ ।

आयोजनाका अनुसार हाल २ हजार ५ सय मिटरको धावनमार्ग, एटीसी टावर, सात ओटा भवन, एउटा ह्याङगरलगायत निर्माण कार्य सम्पन्न भएका छन् । यी पूर्वाधारमा फिनिसिङको काम जारी छ । विमानस्थलमा लाइटिङलगायत उपकरण जडानको काम मात्र बाँकी छ ।

विमानस्थलमा जडान हुने ५० प्रतिशतभन्दा बढी उपकरण आइसकेको र बाँकी पनि केही समयभित्रै आइसक्नेछन् । ती सामग्री आएको ६ महीनाभित्रै जडानको काम सकिने विमानस्थल आयोजना प्रमुख इन्जिनीयर विनेश मुनकर्मीले जानकारी दिए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.