www.tandavnews.com
Fact ~ In search of truth

पोखरा विश्वविद्यालयका एकाउन्टेन्ट पक्राउ

पोखरा
ताण्डव न्यूज ।

पोखरा विश्वविद्यालयको योजना महाशाखाका एकाउन्टेन्ट चोलाकान्त चुहाइँ पक्राउ परेका छन् । नेपाल इन्जिनियरिङ कलेज (नेक) भक्तपुरका तत्कालीन अध्यक्ष लम्बोधर न्यौपानेविरुद्धको अनुसन्धानमा चुहाइँलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पक्राउ गरेको हो ।

चुहाइँलाई ४ दिनअघि पक्राउ गरेको हो । नेपाल इन्जिनियरिङ कलेज नाफा नगर्न भनेर खोलिएको कलेजका सञ्चालकमध्ये केहीले पछि विधान संशोधन गरी नाफामूलक बनाएर भ्रष्टाचार प्रकरणमा विश्वविद्यालयका चुहाइँसमेत तानिएका हुन् । ४ दिन अघि उनीसहित नेकका रामकुमार श्रेष्ठ र विद्यार्थी नेता गंगाबहादुर राउत पनि पक्राउ परेका छन् । श्रेष्ठ पनि विधान संशोधनमा संलग्न रहेको पाइएको र राउतले चन्दा उठाउने गरेको अनुसन्धानमा देखिएको सिआइबीका केन्द्रीय प्रवक्ता एसपी बेलबहादुर पाण्डेले जानकारी दिए ।

Batas

विश्वविद्यालयमा बुझाइएको कलेज विधान संशोधन गरेर अध्यक्ष न्यौपानेलाई सघाएको पाइएपछि दुवैलाई पक्राउ गरिएको हो । कलेजको सम्बन्धनका क्रममा सक्कली विधानमा गैरनाफामूलक राखिएको थियो । तर, पोखरा विश्वविद्यालयमा बुझाउँदा विधानबाट उक्त शब्द हटाइएको थियो । ‘कलेजको विधानमा मुनाफारहित उद्देश्यले स्थापना गरिएको भनिएको थियो । पछि उहाँहरुले त्यसलाई हटाउनुभएछ,’ प्रवक्ता पाण्डेले भने । बयानका क्रममा न्यौपानेले कलेज गैरनाफामूलक नभएको बताएका थिए । पछि प्रहरीले पोखरा विश्वविद्यालयबाट विधान मगायो ।

विधानमा गैरनाफामूलक शब्द थिएन । कलेजबाट झिकाइएको विधान किर्ते गरेर बुझाइएको पुष्टि भयो । प्रवक्ता पाण्डेका अनुसार तीनै जनालाई अाज (बिहीबार) सरकारी वकिलकहाँ बुझाउने तयारी भइरहेको छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.