www.tandavnews.com
Fact ~ In search of truth

कोभिड अस्पतालहरूलाई ननकोभिड सेवा सञ्चालन गर्न सरकारको निर्देशन

काठमांडौँ,
ताण्डव न्यूज ।

सरकारले कोरोना भाइरस विरुद्धको खोप खरिदका लागि तयारी गरिरहेको दोहो¥याएको छ ।

सात वटै प्रदेशमा खोप भण्डारण गर्न मिल्ने गरि भण्डारण केन्द्र बनाइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । उनले काठमाडौं उपत्यकामा प्रदूषण अत्याधिक भएकाले सचेत रहन भन्दै प्रदूषण सँगै कोरोनाबाट पनि बच्नका लागि जनस्वास्थ्यका मापदण्डहरु अनिवार्य पालना गर्न पनि आग्रह गरे ।

Batas

यसैबीच, सरकारले सबै कोभिड अस्पतालहरूलाई ननकोभिड सेवा सञ्चालन गर्न निर्देशन दिएको छ । कोभिड १९ को रोकथाम तथा नियन्त्रण सम्बन्धमा बसेको आईसीएसको बैठकले यस्तो निर्देशन दिने निर्णय गरेको हो ।

स्वास्थ्य मन्त्रालय मातहतको स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रले देशका सबै कोभिड अस्पताललाई निर्णय कार्यान्वयन गराउन परिपत्रसमेत गरिसकेको छ।

ननकोभिड सेवा पनि नियमित गर्न सबै अस्पताललाई निर्देशन दिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले ताण्डव न्यूजलाई बताए ।

मन्त्रालयले सबै कोभिड र ननकोभिड अस्पतालहरुले प्रदान गरिरहेका ननकोभिड सेवा सदाझैँ नियमित प्रदान गर्ने व्यवस्था गर्न र कोभिडका लागि तोकिएका अस्पतालहरुले कोभिड र ननकोभिड सेवाहरु समेत नियमित रुपमा प्रदान गर्न निर्देशन गरिएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.