www.tandavnews.com
Fact ~ In search of truth

अमेरिकाको संसद भवनमा प्रदर्शन, एक जनाको मृत्यु

काठमांडौँ,
ताण्डव न्यूज।

अमेरिकाको संसद भवनमा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरूले प्रर्दशन गरेपछि एक जनाको मृत्यु भएको छ ।

सदनमा बहस चलिरहेका बेला संसद भवनमा पसेर उनीहरुले हिंसात्मक प्रदर्शन गरेका हुन्।अमेरिकी काँग्रेसमा सांसदहरूले निर्वाचित राष्ट्रपति जो बाइडनको जितको पुष्टि गर्न छलफल गरिरहेका बेला ट्रम्प समर्थकहरूसंसद भवन भित्र प्रवेश गरेर विरोध प्रदर्शन गरेपछि बहस रोक्नुपरेको थियो।

Batas

ट्रम्प समर्थकहरूले चुनावी परिणाम रद्द गर्न माग गर्दै प्रदर्शन गरेका हुन्। प्रदर्शनको क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडपसमेत भएको बीबीसीले जनाएको छ। हिंसात्मक प्रदर्शन नियन्त्रणका लागि सुरक्षाकर्मीले चलाएको गोलीबाट एक महिलाको मृत्यु समेत भएको छ। घटनापछि वासिङ्टनमा कर्फ्यू लगाइएको छ भने हाल संसद भवन सुरक्षाकर्मीले आफ्नो नियन्त्रणमा लिइसकेको र भवन सुरक्षित रहेको जनाइएको छ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.