www.tandavnews.com
Fact ~ In search of truth

सुनको मूल्य तोलामा १,३०० रुपैयाँले घट्यो

काठमाडौं ।

स्थानीय बजारमा पहेंलो धातुको मूल्य आज प्रतितोला एक हजार ३०० ले ओरालो लागेको छ । पछिल्ला केही दिनमा लगातार उकालो लागेको सुनको मूल्यमा आज भने एकै पटक ठूलो मात्रामा ह्रास देखिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाला सुन प्रतितोला ९५ हजार ४०० मा बिक्री गर्ने गरी मूल्य निर्धारण गरेको छ । यो बुधबारका तुलनामा एक हजार ३०० ले कम हो । छापावाला सुन बुधबार प्रतितोला  ९६ हजार ७०० मा कारोवार भएको थियो ।

Batas

यस्तै तेजाबी सुन प्रतितोला ९४ हजार ९०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । सोही सुन बुधबार तोलामा ९६ हजार २०० मा कारोवार भएको थियो । तेजाबी सुन बुधबारका तुलनामा आज तोलामा नै एक हजार ३०० ले घटेको छ ।

यस्तै चाँदी भने तोलामा १० ले मात्रै ओरालो लागेको छ । प्रतितोला एक हजार ३४० मा बुधबार कारोवार भएको चाँदी आज भने एक हजार ३३० मूल्य निर्धारण भएको छ । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.