www.tandavnews.com
Fact ~ In search of truth

‘प्रतिनिधिसभा विघटन चित्तबुझ्दो छैन’

काठमाडौं ।

राष्ट्रियसभामा सदस्यले प्रतिनिधिसभा विघटन जनमतको कदर नभएको बताएका छन् ।

राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसद उदया शर्माले प्रतिनिधिसभा विघटन चित्तबुझ्दो नभएको बताउँदै सरकारलाई उक्त कदम फिर्ता लिन आग्रह गरे ।

Batas

सांसद कोमल वलीले संयुक्त राज्य अमेरिकाको संसद् भवनमा भएको हमलाप्रति दुःख व्यक्त गर्दै यसले विश्वकै प्रजातन्त्रमाथिको खतरा उत्पन्न भएको धारणा व्यक्त गरे । सांसद जीवन बुढाले गत भदौमा कालीकोटमा बाढी र पहिरामा एक हजार १०० परिवार विस्थापन भएको र हालसम्म पनि पुनःस्थापना हुन नसक्दा जाडोमा खुला आकाशमुनि बस्न बाध्य हुनुपरेको प्रति सरकारको ध्यानाकर्षण गराए ।

सांसद तारादेवी भट्टले उखु किसानले आफ्नो उत्पादनको मूल्य पाउन पनि सधैँ आन्दोलन गर्नुपर्ने समस्याप्रति सरकारको ध्यानाकर्षण गराउँदै यसप्रति सरकारलाई जवाफदेही हुन आग्रह गरे । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.