www.tandavnews.com
Fact ~ In search of truth

‘फुडमाण्डू’को सेवा अब पोखरामा, ३० प्रतिशत छुटको अफर

पोखरा ।

नेपालको पहिलो अनलाइन फुड डेलिभरी प्लेटफर्म फुडमाण्डूले आफ्नो सेवा पर्यटकिय नगरी पोखरामा बिस्तार गरेको छ । फुडमाण्डूले आफ्नो सेवालाई पहिलोपटक काठमाडौँ उपत्यकाभन्दा बाहिर बिस्तार गरेको हो । कम्पनीले आज बिहिबार पत्रकार सम्मेलनमार्फत पोखरामा सेवा बिस्तार गरिएको र पोखराबासीले समेत अनलाइनबाटै खानेकुराहरुको अर्डर गर्न सकिने जानकारी दिएको छ ।

फुमाण्डूले हाल पोखराका ३० वटा भन्दा बढी स्थानिय रेष्टुरेण्ट तथा होटलहरुसँग सहकार्य गरेको छ ।

कम्पनीका संस्थापक मनोहर अधिकारीले नेतृत्वदायी फुड डेलिभरी भएको कारणले पनि पोखरामा लामो समयदेखि सेवा बिस्तार गर्ने योजनालाई हाल सफल बनाएको जानकारी दिए । ‘हामीले २०२०मा नै देशका विभिन्न स्थानमा सेवा बिस्तार गर्ने योजना बनाएका थियोँ, तर कोभिड १९का कारणले अन्य योजनाहरु गर्नुपर्यो । हामी पोखरामा सेवा बिस्तार गर्न पाउँदा निकै उत्साहित भएका छौँ र हाम्रो अनुभव पोखरेलीहरुसँग काठमाडौँका ग्राहकहरुलाई प्रदान गरेको जस्तै उच्चस्तरको सेवा प्रदान गर्नेछौँ’ संस्थापक अधिकारीले भने ।

कार्यक्रममा बोल्दै रेवान पोखराका अध्यक्ष लक्ष्मण बरालले पोखरामा फुडमाण्डूको सेवा उपलब्ध हुँदा त्यसले रेष्टुरेण्टहरुलाई समेत व्यापार बिस्तार गर्न सहज हुने बताए । यसले गर्दा ग्राहकहरुले घरमा नै बसेर खानेकुराको आनन्द लिनसक्ने हुँदा त्यसले गुणस्तरीय सेवा दिन समेत प्रतिस्पर्धा हुने अपेक्षा ब्यक्त गरे ।

पोखरामा सेवा बिस्तार गर्ने क्रममा पोखरेलीहरुलाई जनवरी ३१ सम्म ३० प्रतिशत वा रु ३०० सम्मको छुट घोषणा गरेको छ । फुडमाण्डूको सेवाका लागि वेबसाइट www.foodmandu.com वा आइओएस र एन्ड्रोइड मोबाइलमा ‘फुडमाण्डू’ एप डाउनलोड गर्न सकिन्छ ।

कम्पनीले सन् २०२१लाई आफ्नो सेवा विस्तारको वर्षको रुपमा उल्लेख गर्दै आगामी दिनहरुमा थप स्थानहरुमा सेवा विस्तार गर्ने जनाएको छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.