www.tandavnews.com
Fact ~ In search of truth

धनगढी जाँदै प्रधानमन्त्री:कालो झन्डा, व्यानर र मास्क निषेध, सुरक्षामा कडाइ

काठमाडौं,
ताण्डव न्यूज ।

संसद विघटन गरेसंगै सत्तारुढ नेकपा विभाजन उन्मूख भईरहेको अवस्थामा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपि शर्मा ओली धनगढी जाने भएका छन् ।

पार्टीमा विभाजनको रेखा कोरिएपछि पहिलोपटक राजधानी बाहिर जान लागेका प्रधानमन्त्री ओली धनगढी पुग्ने कार्यक्रम तय भएसंगै त्यस ठाँको सुरक्षा व्यवस्था निकै कडा तुल्याईएको छ ।

Batas

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश कमिटीको आयोजनामा (भोलि) शुक्रवार धनगढी खुलामञ्चमा हुने जनसभालाई सम्बोधन गर्न ओली धनगढी पुग्ने भएका हुन । प्रधानमन्त्रीको सुरक्षा तथा आमसभा स्थलमा अप्रिय घटना हुन नदिन सुरक्षा रणनीति बनाएर अगाडि बढेको प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले जानकारी दिए ।

प्रधानमन्त्री ओलीको सुरक्षाका लागि बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरिएको सिडिओ बोहोराले बताए । शुक्रबार प्रधानमन्त्री ओलीको सुरक्षाका लागि कार्यक्रमस्थल, प्रधानमन्त्री जाने सडक लगायत स्थानमा गरी करिब एक हजारको हाराहारीमा सशस्त्र प्रहरी र जनपद प्रहरी परिचालन गरिने प्रहरी स्रोतले जनाएको छ । यस्तै झण्डै सयको हाराहारीमा सादा पोसाकमा प्रहरी खटिने छन्।

आमसभा स्थल वरिपरि तथा प्रधानमन्त्री ओली आवात–जावत गर्ने सडकमा कुनै पनि किसिमको विरोध गर्न नदिन सुरक्षाकर्मीलाई ‘हाई अलर्टमा राखिएको छ । आमसभास्थल तथा प्रधानमन्त्री आवत–जावत गर्ने सडक क्षेत्रमा कालो ब्यानर, कालो मास्क र कालो झण्डामा प्रतिबन्ध लगाइएको प्रहरी स्रोतले बताएको छ ।

साथै प्रधानमन्त्री सहभागि कार्यक्रममा कालो ब्यानर, मास्क र झण्डा प्रतिवन्ध लगाईएको प्रहरीका उच्च अधिकारीले जनाए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.