www.tandavnews.com
Fact ~ In search of truth

कोइराला प्यानलको घरदैलो,अनुभव र विगतको कामले चुनाव जित्ने दाबी

पोखरा ।

पोखरा उद्योग वाणिज्य संघको आसन्न ३३ औं महाधिवेशनमा निर्वाचनको लागी प्यानल सहित उम्मेदवारी दिएको नारायण कोइराला प्यानल घरदैलो मै व्यस्त छ ।

बिहीबार नयाँबजार पृथ्वीचोकका क्षेत्रमा घरदैलो गरेको छ । मतदातालाई आफ्नो प्यानलको बारेमा जानकारी गराउनका लागि घरदैलो अभियानलाई जारी राखेको अध्यक्ष पदका उम्मेद्वार नारायण कोईरालाले जानकारी दिए । कोरोनाको कारण शिथिल भएको उद्यम र वाणिज्य क्षेत्र उठाउन संघको भूमिकालाई मतदाताले महत्वपूर्ण रुपमा लिएका छन् ।

Batas

‘वहाँहरुको समस्या सुन्न घरघरै पुगेका हौं । वहाँहरुको माग र गुनासो टिपेका छौं,’ उनले भने, ‘निर्वाचनको भोलि पल्टै देखि ति काममा दृढ भएर लाग्छौं । खासगरी कोभिड पछिको व्यापार व्यवसायको समस्या वहाँहरुले सुनाउनुभएको छ ।’

उम्मेदवारहरुले २५ गते हुने निर्वाचनमा मतदानका लागि आग्रह गरे । ‘सबैको राम्रो प्रतिक्रिया छ । पहिले गरेका काम पनि हेर्नुभयो होला,’ वाणिज्य तर्फका उपाध्यक्ष उम्मेदवार अर्जुन पोखरेलले भने, ‘खारिएको र अनुभवी अनुहार लिएर चुनावमा होमिएका छौं । मतदाताले भोट दिनुहुन्छ भन्ने विश्वास छ ।’

यो प्यानलबाट बरिष्ठ उपाध्यक्षमा पवनकुमार प्रजापति, बाणिज्य उपाध्यक्षमा अर्जुन पोखरेल, उद्योग उपाध्यक्षमा चिनुकुमारी गुरुङ, महासचिवमा सुरेन्द्रमान विजुक्छे, कोषाध्यक्षमा बलराम आचार्य र उपमहासचिवमा केशवबहादुर खत्री छन् । सदस्यहरुमा अधिकांश पुरानै अनुहार दोहोरिएका छन् ।

कुमानी मुना बास्तोला, दिनेशचन्द्र बास्तोला, ऋषिराम भण्डारी, रामेश्वर अधिकारी, कीर्तिबल्लभ त्रिपाठी, हरिराज पन्त, देवेन्द्र केसी, शोभा गौतम, भरत केसी र सुदनबहादुर कोइराला कार्यसमिति सदस्यको उम्मेद्वार छन् । यस्तै, एशोसियट्स सदस्यहरुमा हरिहर सापकोटा र हर्कबहादुर अधिकारी (मिराज) उम्मेदवार बनेका छन् ।

तिमध्ये बरिष्ठ उपाध्यक्ष प्रजापति, एशोसियट्स सदस्यहरुमा हरिहर सापकोटा र हर्कबहादुर अधिकारी सर्वसम्मत निर्वाचित भैसकेका छन् । उद्योग बाणिज्य संघमा विगत लामो समयदेखि काम गरेको समूह भएकोले आफुहरुले चुनाव जित्ने दावी कोइराला प्यानलको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.