www.tandavnews.com
Fact ~ In search of truth

नेकपाको दुवै समूहका आ–आफ्नै रणनीति, ७७ वटै जिल्लाबाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाँउदै

काठमाडौँ,
ताण्डव न्यूज ।

नेकपाको ओली र प्रचण्ड–नेपाल समूहले आफूलाई आधिकारिक तथा बहुमत समर्थन रहेको दावी गर्न विभिन्न रणनीति अघि सारेको छ ।

यसका लागि दुवै समूहले एकअर्का विरुद्धका भण्डाफोर अभियान चलाएका छन् । नेकपा अध्यक्ष केपी शर्मा ओलीले प्रदेशस्तरमा केन्द्रित विभिन्न भेला तथा छलफल गरिरहेको छ ।

Batas

प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्रीसमेत रहनुभएका केपी शर्मा ओलीका विरूद्ध एक महिने आन्दोलनको घोषणा गरिसकेको छ । आन्दोलन अन्तर्गत यो समूहले आज ७७ जिल्लाबाट प्रशासनमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदैछ ।

ज्ञापनपत्रसँगै संविधानको पुस्तक पनि उपहार पठाउने कार्यक्रम रहेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । उनका अनुसार प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर गलत गरेको भन्दै गल्ति सच्याएर क्षमा माग्नका लागि पनि प्रधानमन्त्रीलाई अनुरोध गर्ने कार्यक्रम पनि आज छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.