www.tandavnews.com
Fact ~ In search of truth

राष्ट्रपति ट्रम्पद्वारा संसद आक्रमणको निन्दा

काठमाडौं,
ताण्डव न्यूज ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक भिडियो ट्विट गर्दै संसदमा भएको हिंसात्मक घटनाको निन्दा गरेका छन् ।

भिडियोमार्फत सन्देश जारी गर्दै उनले हिंसा भड्काउने कार्यमा संलग्न भएकाहरुप्रति खेद व्यक्त गर्दै आफू ‘व्यवस्थित’ सत्ता हस्तान्तरण गर्न प्रतिवद्ध रहेको उल्लेख गरेका छन ।

Batas

कतिपय सञ्चारमाध्यमहरूले त्यहाँ सुरक्षा बलको तैनाथी उपराष्ट्रपति माइक पेन्सको निर्देशनमा भएको उल्लेख गरेका छन् । ट्रम्पले आफ्नो भिडियो सन्देशमा अमेरिकालाई सधैँ एक कानुनी व्यवस्था भएको देश बनाइराख्नु पर्नेमा जोड दिँदै संसदमा हिंसा मच्चाउनेहरूले अमेरिकी लोकतन्त्रलाई अपवित्र बनाएको टिप्पणी गरेका छन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.