www.tandavnews.com
Fact ~ In search of truth

हिमपातले मनाङको जनजीवन कष्टकर,विकास निर्माण ठप्प

मनाङ ।

हिमालपारिको जिल्ला मनाङमा विकास निर्माणका काम ठप्प भएको छ । अत्यधिक चिसो बढेसँगै जिल्लामा भएका विकास निर्माणका काम रोकिएको हो । चिसो बढेसँगै खोलाहरु जमेका छन् भने माथिल्लो भेगमा सोमबारदेखि परेको हिमपातले जनजीवन कष्टकर भएको छ ।

केही दिन अगाडि खोला जमेर खानेपानीको अभाव झेल्दै आएका यहाँका मानिसलाई हिमपातले घरभित्रै थन्क्याएको छ । मानिस त जसोतसो घरभित्र रहे पनि पशुचौपाय हिमपातको शिकार भएका पशुपालक किसान चोल्पा गुरुङले बताए ।

Batas

उनका अनुसार माथिल्लो मनाङ खांसार मनाङगाउँलगायतका ठाउँमा निर्माण भइरहेका काम रोकिएका छन् । चिसोमा सिमेन्ट ‘सेट’ नहुने र चिसोले कामदारले काम गर्न नसक्ने हुँदा सडक, खानेपानी र सिँचाइका काममा अवरोध आएको हो ।

त्यस्तै बर्खामा बाढीपहिरो र हिउँदमा हिमपातका कारण विकास निर्माणले गति लिन नसकेको पूर्वाधार विकासका प्रमुख नवीनचन्द्र अधिकारीले बताए । अहिले पूर्वाधारअन्तर्गतका काम सञ्चालन हुनसकेको छैन । मुख्य त यहाँको भौगोलिक अवस्थामा भर पर्छ । प्राकृतिक प्रकोपका कारण पनि विकास निर्माणले गति लिन नसकेको उनले बताए ।

विगत पाँच वर्षदेखि अलपत्र रहेका मनाङका खोलामा पक्की मोटरपुल अझै सम्पन्न हुनसकेका छैनन् । हाल जिल्लामा रहेका प्रदेश र संघ मातहतका विकास आयोजना पनि चिसोका कारण काम हुन नसकेको जिल्ला पूर्वाधार कार्यालय मनाङले जनाएको छ ।

पूर्वाधार कार्यालयका अनुसार हाल जिल्लामा सडक स्तरोन्नति, मोटरपुल निर्माण, जिल्ला कारागार, अस्पताल, सिटीहल निर्माणका काम भए पनि चिसोका कारण रोकिएको छ । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.