www.tandavnews.com
Fact ~ In search of truth

ओलीले दिए दाहाल -नेपाल समुहलाई भगौडाको संज्ञा

देशभर १० सिट चुनाव जितेर देखाउन दिए चुनौती

धनगढी,
ताण्डव न्यूज ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल र माधव नेपाल समूहलाई १० सिट चुनाव जितेर देखाउन चुनौती दिएका छन् ।

धनगढीमा आयोजित नेकपा ओली समूहको आमसभालाई सम्बोधन गर्दै उनले देशभरबाट १० सिटमा चुनाव जितेर देखाउन चुनौती दिएका हुन् ।

यसैबीच ओलीले दाहाल–नेपाल समूहलाई भगौडाको संज्ञा दिएका छन् । उनले पार्टी छाडेर गएका भगौडाका पछाडि नलाग्न कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।

ओलीले भने,‘तपाईंहरूले पार्टी छोडेर गएका केही भगौडाहरुको कुरा सुन्नु भएको होला । केन्द्रीय कमिटीका बैठकमा नआएर, अन्त अन्त गएर सडकमा गएर हामी यहाँ छौं रे । गाली गरेर, पत्रपत्रिकामा लेखाएर हामी यता छौँ भनेका छन् । हामीलाई गाली गर्ने फुर्सद छैन। हामी दन्तबजान गर्ने फुर्सद छैन । हामीलाई देश बनाउनु छु’ ।

सबै तस्वीर प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाको फेसबुकबाट

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.