www.tandavnews.com
Fact ~ In search of truth

मन्त्री गुरुङको चेतावनीः‘चुनावमा जानुको विकल्प छैन,दायाँबायाँ गरे मूल्य चुकाउनुपर्ला’

जीवन सुवेदी,
पोखरा /ताण्डव न्यूज ।
गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले अबको राजनीतिक निकास जनताबाहेक कसैले दिन नसक्ने दाबी गरेका छन। पोखरा उद्योग वाणिज्य संघको ३३ औं अधिवेशनमा बोल्दैँ मन्त्री गुरुङले यस्तो बताएका हुन्।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीको बचाउ गर्दै आफ्नै पार्टीबाट अविश्वासको प्रस्ताव आएपछि बाध्य भएर संसद भंग भएको बताए । लोकतान्त्रिक अभ्यासलाई मान्ने हो भने अब चुनावमा जानुको विकल्प नभएको भन्दै मन्त्री गुरुङले यसबाट दायाँबायाँ गरिए ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिए ।

प्रधानमन्त्री ओलीको कदम बाध्यकारी भएको बताउँदै ओली पक्षका स्थायी कमिटि सदस्य समेत रहेका मन्त्री गुरुङले संसारका अन्य देशमा भएको प्राक्टीस अनुरुप प्रधानमन्त्रीले संसद विघटन गरेर निर्वाचनमा गएको बताए ।

Batas

यसैबीच कार्यक्रममा बोल्दै मन्त्री गुरुङले कोरोनाका कारण थलिएको अर्थतन्त्र विस्तारै लयमा फर्कने विश्वास व्यक्त गरे । आर्थिक क्षेत्रमा सरकारले सोचेजस्तो क्षति नभएको उनको भनाई थियो ।

मन्त्री गुरुङले समृद्ध नेपाल निर्माण गर्ने सबैको साझा लक्ष्य भएकाले सरकार निजी क्षेत्रसंग हातेमालो गर्दै अघि बढ्न तयार रहेको पनि बताए । देश अघि बढाउने मेरुदण्ड निजी क्षेत्र भएकाले उद्योगी व्यवसायीका समस्याप्रति सरकार गम्भीर रहेको उनको भनाई थियो ।

उनले उद्योगी व्यवसायीका साझा समस्यामासंगै बसेर छलफल गर्न सरकार तयार रहेको स्पष्ट पारे ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.