www.tandavnews.com
Fact ~ In search of truth

तेक्वान्दो सहित खेलकूद संघहरुमा देखिएका समस्या समाधानका गर्छौ : सदस्य सचिव शिलवाल

जीवन सुवेदी,
ताण्डव न्यूज ।

नेपाल तेक्वान्दो संघको वार्षिक साधारणसभा पोखरामा सम्पन्न भएको छ ।

साधारणसभाको उद्घाटन गर्दै राष्ट्रिय खेलकूद परिषदका सदस्यसचिव रमेशकुमार सिलवालले खेलकूद क्षेत्रको विकाशका लागि सदैव आत्म अनुशासनको पालना गर्नुपर्ने बताए ।

Batas

खेल क्षेत्रमा अनुसासनको महत्वपूर्ण भूमिका रहने भन्दै उनले आफ्नो कार्यकालमा खेल क्षेत्रमा अनुशासन र खेल क्षेत्रको सर्वाङ्गीण विकासमा केन्द्रित बनेको दावी गरे । खेलको प्राथमिकीकरण गरेर पदक र नतिजामुखी खेल गतिविधिहरुलाई हौसला मिल्ने कार्यक्रम अघि सारिएको उनको भनाई थियो ।

आग्रह पूर्वाग्रहबाट खेल क्षेत्र माथि उठ्नुपर्नेमा जोड दिँदै सिलवालले तेक्वान्दो सहित विभिन्न खेलकूद संघहरुमा देखिएका आम समस्या समाधानका लागि परिषदले पहल थालिसकेको जानकारी दिए ।

यसैबीच साधारणसभाकै अवसरमा एभिन्युजकर्मी शुसिल पाण्डे र स्नेही काखका सञ्चालिका श्रीनेहा पोखरेल सम्मानित भएका छन् । दुबैजनालाई एनटिए हिरो अवार्ड २०२० सहित नगद १५÷१५ हजार प्रदान गरी सम्मान गरिएको हो ।

एभिन्युज खबर टेलिभिजनबाट कार्यक्रम कोरोना कहर एभिन्युज पहलका प्रस्तोता एवं सन्चालक पान्डेले कोरोना महामारीका समयमा कोरोना कहर एभिन्युज पहल नामक २०० औ श्रृंखलासम्म लगातार कार्यक्रम प्रस्तुत गरेर विपन्न एवं पीडितहरुका लागि सहयोग गर्न पहल गरेको भन्दै उक्त अवार्ड दिइएको हो ।

राष्ट्रिय खेलकूद परिसदका सदस्यसचिव रमेशकुमार सिलवालले पाण्डेलाइ अवार्ड सहित नगद १५ हजार प्रदान गरे । अवार्ड ग्रहणपछि बोल्दै प्रस्तोता पान्डेले विपदका बेला एकले अर्कालाई सहयोग गर्ने पूर्वीय मान्यता अनुरुप भोको पेट भर्ने अभियानमा जोडिएका सम्पूर्णलाइ धन्यबाद दिए ।

उनले आफूले प्राप्त गरेको रु १५ हजार एभिन्युज फाउन्डेसनमा प्रदान गर्ने बताए । सम्मानित समाजसेवी श्रीनेहा पोखरेलले स्नेही काख नामक संस्थाबाट आँफूले सडकमा अलपत्र व्यक्तिहरुको उद्दार गरेको कामको कदर भएको भन्दै खुसी व्यक्त गरिन् ।

सम्मानले आफूलाइ थप जिम्मेवार बनाएको पोखरेलले बताइन् । कार्यक्रम नेपाल तेक्वान्दो संघका अधयक्ष भोज बहादुर शाहको अध्यक्षतामा सम्पन्न भएको थियो ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.