www.tandavnews.com
Fact ~ In search of truth

राष्ट्रिय सभाको बैठक आज बस्दै ,प्रधानमन्त्रीले सम्बोधन गर्ने

काठमाडौं,
ताण्डव न्यूज ।

राष्ट्रिय सभाको बैठक आज आइतवार बस्दै छ । संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।

पुस ५ गते संघीय संसद अन्तर्गतको प्रतिनिधि सभा विघटन गरेका प्रधानमन्त्री ओलीले आज राष्ट्रिय सभामा सम्बोधन गर्न लागेका हुन् । ओलीले पछिल्लो राजनीतिक परिस्थितीबारे बैठकमार्फत सम्बोधन गर्ने तयारी रहेको उनका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

Batas

आजको बैठकमा ओलीले थारू आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने र विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले “विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन पेश कार्यसूचि रहेको संसद सचिवालयले जनाएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.