www.tandavnews.com
Fact ~ In search of truth

सर्वोच्चलाई दबाब दिनु अस्वीकार्य :राप्रपा अध्यक्ष थापा

पोखरा,
ताण्डव न्यूज ।

प्रतिनिधिसभा विघटनबारेको अन्तिम फैसला सर्वोच्चले नै गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले बताएका छन् ।

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतलाई स्वतन्त्रतापूर्वक काम गर्न दिइनुपर्ने उनको तर्क छ । पोखरामा आज आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष थापाले सर्वोच्चको फैसला सबैले कुर्नुपर्नेमा जोड दिए ।

Batas

उनले फैसला नआउन्जेल कसैले पनि नैतिक दबाब दिन नहुने बताए । पार्टीले राजा सहितको लोकतन्त्रको कल्पना गरेकाले जनताले अझैपनि हिन्दू राष्ट्रनै चाहेको दाबी गरे । संघीयता र धर्म निरपेक्षता जनताको माग नभएको समेत उनको भनाई थियो ।

प्रधानमन्त्री ओलीको कदम संवित्रान विरोधी भएको आरोप लगाउँदै अध्यक्ष थापाले सरकार असफलताको बाटोमा हिँडेको बताए । हाल आएर नेकपाकै कारण गणतन्त्र र संविधानमाथि नै प्रश्न चिन्ह खडा भएको उनको भनाई छ ।

राप्रपा विधिको शासनको पक्षमा भएको बताउँदै थापाले कुनैपनि तानशाह विरुद्ध शसक्त प्रतिकार गर्ने बताए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.