www.tandavnews.com
Fact ~ In search of truth

पूर्वसभामुख घर्तीको टिप्पणीः ‘प्रधानमन्त्रीले जनताको मुख थुन्ने काम गरे’

काठमाडौं।

नेकपा केन्द्रीय सदस्य एवम् पूर्व सभामुख ओनसरी घर्तीले प्रधानमन्त्रीले एकपछि अर्को गर्दै जनताको मुख थुन्ने काम गरेको टिप्पणी गरेकी छिन् ।राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्यप्रति टिप्पणी गर्दै घर्तीले यस्तो बताएकी हुन् ।

प्रधानमन्त्री केपी ओलीले आफ्नो आलोचना सहन नसकेर राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य गर्ने सिफारिस गरेको घर्तीले बताएकी छन्। प्रधानमन्त्री ओलीले आइतबार आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाई राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गरेका हुन्।

Batas

‘प्रतिनिधि सभा नभएपछि राष्ट्रिय सभामा जीवन्त बहस भईराखेको थियो। त्यो मुलतः जनताको पक्षमा थियो। त्यसलाई पनि फेस गर्न सक्नु भएन। उहाँहरु डिफेन्सिभ हुनुभयो’ पूर्व सभामुख घर्तीले भनिन्, ‘अब उहाँहरुले चाहेर पनि सक्नुहुन्न। सत्य कुरा जहाँबाट बाहिर आएरै छाड्छ। सत्य भनेको सत्य नै हुन्छ बहसबाट भाग्न कसैलाई छुट छैन। उहाँहरु बहसबाट भाग्नुभयो ।’

जनताले सत्य कुरा थाहा पाउँछन् भनेरै प्रधानमन्त्रीले राष्ट्रय सभाको अन्त्य गरेको घर्तीको भनाइ छ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.