www.tandavnews.com
Fact ~ In search of truth

बजाजले ल्यायो डोमिनार टु फिफ्टी एफ आइ एबीएस

पोखरा ।

बजाजले डोमिनार (Dominar) सिरिजका विल्कुलै नयाँ मोडल डोमिनार टु फिफ्टी एफ आइ एबीएस (Dominar 250 FI ABS)बजारमा ल्याएको छ । नेपालमा सर्वाधिक विक्रि हुने मोटरसाईकल ब्राण्ड बजाजले पहिलो पटक यो बजारमा ल्याएको हो ।

आफ्नो छुट्टै पहिचान बनाउन सफल बजाज बिगत दुई दशक देखिनै आफ्नो पृथक डिजाइनको लागि चिर–परिचित छ ।कम्पनीको रणनिति वारे चर्चा गर्दै ईच्छाशक्ति अटोमोबाईल्स प्रा.लि.का सोरुम म्यानेजरले ग्राहक बर्गमा केही पृथक एवं आनन्ददायी किसिमको बाइक चलाउँने चाहना लाई पूर्ण गर्नको लागि यो सिरिज बजारमा ल्याएको बताए ।

Batas

उनले भने,‘नेपाली ग्राहक माझ डोमिनार टु फिफ्टी एफ आइए एबीएसले एउटा छुट्टै स्थान बनाउँन सफल भएको छ । पृथक डिजाइनले सुसज्जित डोमिनार सिरिजले ग्राहकको मन जित्न सफल हुनेछ भन्ने विश्वास हामीले लिएका छौं ।’

नयाँ टु फिफ्टी एफ आइ एबीएस डोमिनार (Dominar 250 FI ABS) पृथक डिजाइन,उत्कृष्ट परर्फमेन्स, एवं आरामदायी हुनुका साथै यसमा थुप्रै अन्य विशेषताहरु पनि रहेको छ ।

यस सिरिजमा उत्कृष्ट माइलेज, पिक– अप र अतुलनीय पावरको लागि डिटियस आई इन्जिन,एक्जास टेक, लङ्ग ह्विल बेस, डिजिटल डिस्प्ले, डिसी लाइटिङ, डिसी इग्नीसन सिस्टम, वाइड टायर, एन्टीलक ब्रेकिङ सिस्टम जस्ता विशेषता रहेका छन् ।

यस सिरिजको सिमीत अवधिको कोे ४ लाख ८९ हजार ९ सय रुपैयाँ मुल्य कायम गरीएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.