www.tandavnews.com
Fact ~ In search of truth

‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावली (फिटा)–२०७७’ स्वीकृत

काठमाडौं,
ताण्डव न्यूज ।

सरकारले ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावली (फिटा)–२०७७’ स्वीकृत गरेको छ ।

राजपत्रमा प्रकाशन प्रक्रियामा रहेको फिटाले विदेशी लगानीकर्ताहरूको भिसालाई थप सहज बनाएको छ । विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनले लगानीकर्ताको आधिकारिक व्यक्ति, लगानीकर्ता वा उसको परिवारलाई न्यूनतम लगानी रहेसम्म आवासीय भिसा दिन सक्ने बताएको थियो ।

Batas

तर, अहिले आएको नियमावलीले भने तोकेरै एकैपटक १० लाख अमेरिकन डलरभन्दा बढी रकम लगानी गर्ने र त्यसमध्ये ५० प्रतिशत रकम नेपालमा हुँदासम्म सम्बन्धीत व्यक्तिलाई आवासीय भिसा दिन सकिने व्यवस्था गरेको हो ।

विदेशी लगानीका लागि अध्ययनरअनुसन्धान वा सर्वेक्षण गर्न आउने विदेशी नागरिकलाई ६ महिनासम्म गैरपर्यटक भिसा दिइने कुरा पनि नियमावलीमा उल्लेख छ । साथै नियमावलीले विदेशी लगानीकर्तालाई सरकारले वर्गीकरण गरेर परिचयपत्र वितरण गर्न सक्नेसमेत व्यवस्था गरेको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.