www.tandavnews.com
Fact ~ In search of truth

माघ ६ देखि पोखरा थिएटर सञ्चालनमा

पोखरा,
ताण्डव न्यूज ।

लामो समय देखि बन्द रहेको पोखरा थिएटर (गन्धर्व नाटकघर) यही माघ ६ गतेदेखि सञ्चालनमा आउन लागेको छ । पोखरा थिएटरका अध्यक्ष परिवर्तन कार्कीले हल सञ्चालनको तयारी रहेको ताण्डव न्यूजलाई बताएका छन् ।

‘अब विस्तारै सिनेमा हल पनि खुल्न थाले । थिएटर पनि सञ्चालन गर्ने तयारीमा छौ,’ कार्कीले भने , ‘यत्रो समय थला परेको रंग क्षेत्रलाई उठाउने तयारीमा लागेका छौं । नियमित काम गर्न त अझै गाह्रो नै होला तर, अब हामी काममा फर्कदैछौं ।’

Batas

उनका अनुसार नेपालभरका नाटकघर माघ १ गतेदेखि सञ्चालनमा आउँदैछन् । पोखरा थिएटरले छिट्टै नै गण्डकी प्रदेश स्तरीय विद्यालय नाटक महोत्सवको आयोजना गर्ने उनले जानकारी दिए ।

‘गत वर्ष माघ ६ गते नै महोत्सव सुरु गरेको हो । अहिले भने सोही दिन आवेदन खुल्ला गर्नेछौं । विद्यालयका विद्यार्थीहरुले जहाँ छन त्यहीबाट स्लोपार्ट भिडियो बनाएर पठाउनुपर्ने हुन्छ,’ उनले भने, ‘माघको अन्तिमसम्म पठाएका नाटकलाई छनोट गरी फागुन २ गते नाटकलाई छनोट गरिनेछ ।

उत्कृष्ट १० नाटकबाट पनि छनोट गरी उत्कृष्ट ४ लाई पुरस्कारको घोषणा गरिनेछ । पुरस्कार प्रदान गर्ने दिन उत्कृष्ट ४ नाटकलाई थिएटरमा प्रर्दशन समेत गरिने कार्कीले जनाए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.