www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा पृथ्वी जयन्तीमा निकालियो शोभायात्रा

काठमाडौँ ।

आज २ सय ९९ औं पृथ्वी जयन्ती अथवा राष्ट्रिय एकता दिवस । देशभर विभिन्न कार्यक्रम गरि मनाईदैछ ।

Batas

गोरखाका राजा पृथ्वी नारायण शाहले नेपाल एकीकरणका लागि पु¥याएको योगदानको स्मरण गर्दै यो दिवस मनाउने गरिन्छ । यसैबीच पोखरामा पनि पृथ्वीनारायण शाहको योगदानको सम्झना गर्दै शोभायात्रा निकालियो । पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस मूल समारोह समिति कास्कीको आयोजनामा शोभायात्रा निकालिएको हो ।

वि।सं। १७७९ पुस २७ गते जन्मिनुभएका तत्कालीन गोरखाका राजा पृथ्वीनारायणले जनताको साथ र सहयोग लिँदै मुलुकभित्र उपलब्ध स्रोत र साधनको उपयोग गरी आपसी कलहमा फसेका ससाना राज्यलाई एकीकरण गर्न सफलता हासिल गरेका थिए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.