www.tandavnews.com
Fact ~ In search of truth

समृद्धिको आधार हिमाललाई पर्यटनसँग जोड्नुपर्छ: मुख्यमन्त्री गुरुङ

पोखरा ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले हिमाललाई समृद्धिको आधार बनाउनु पर्ने बताएका छन् ।

नेपाल पर्वतारोहण संघ गण्डकी प्रदेशको आयोजना एवम् नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा गर्न लागिएको हिमाल आरोहण प्रवद्र्धन कार्यक्रमका सहभागिलाई आज पोखरामा विदाई गर्दै उनले साहसिक पर्यटनका महत्वपूर्ण आधार रहेका हिमश्रृखलालाई पर्यटनसँग जोडनु पर्ने बताए ।

गण्डकी प्रदेश हिमाश्रृखलाका दृष्टिले पनि सम्पन्न रहेको उल्लेख गर्दै उनले यिनीहरुको पर्यटन बजारमा उपयोग गर्दै समग्र पर्यटनको समृद्धि र विकासमा टेवा पु¥याउन सकिने बताए ।कोरोना महामारिका कारण समग्र पर्यटनलाई प्रभाव पारेपनि पोखरामा त्यसको न्यून असर रहेको चर्चा गर्दै मुख्यमन्त्री गुरुङले आन्तरिक तथा वाह्य पर्यटकका लागि पोखरा खुल्ला तथा सुरक्षित रहेको सन्देश प्रवाह गर्नुपर्नेमा जोड दिए ।

नेपाल सरकारले नेपाल पर्वतारोहण संघलाई २७ वटा हिमचुचुरा आरोहणको व्यवस्थापनको जिम्मा दिइसकेको बताउँदै उनले त्यसमार्पmत प्राप्त हुने रोयल्टिलाई अन्य हिमालको प्रवद्र्धन तथा जनशक्ति उत्पादनमा उपयोग गर्नुपर्ने आवश्यकता औल्याए ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले हिमाल आरोहणको इतिहासमा फ्रान्सेली नागरिक मौरिस हर्जोगले अन्नपूर्ण प्रथमको आरोहण गरेपनि त्यसयता गण्डकी प्रदेशमा रहेका हिमालहरु आरोहण गर्ने क्रम उत्साहजनक नदेखिएको बताए ।

प्रदेश सरकारले पर्यटन पूर्वाधार निर्माणमा जोड दिंदै आएको बताउँदै उहाँले पोखरालाई केन्द्रमा राखेर ग्रामीण क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्नका लागि तीनै तहका सरकार, पर्यटन व्यवसायी तथा नागरिक समाजको सामूहिक प्रयास आवश्यक रहेको बताए ।

हिमाल पारिको जिल्ला मुस्ताङबाट निर्वाचित गण्डकी प्रदेश सभा सदस्य इन्द्रधारा विष्टले हिमाल आरोहणसंगै कोरोनाको कारण सिथिल बनेको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे ।

नेपाल पर्वतारोहण संघ गण्डकी प्रदेश अध्यक्ष शेषकान्त शर्माले प्रदेशका हिमालहरुमा आरोहणका गतिविधि बढाउन प्रर्वद्धनात्मक कार्यक्रम गर्न लागिएको जानकारी दिए । विभिन्न पर्यटन व्यवसायी, सञ्चारकर्मी सहितको टोलीले छ हजार १२ मिटर उचाईको धम्पुस पिक आरोहण गर्न लागिएको बताउँदै उनले यस कार्यक्रमले प्रदेशमा हिमाल आरोहणको गतिलाई अघि बढाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।

पोखरा पर्यटन परिषदका अध्यक्ष गोपि बहादुर भट्टराईले पर्यटन मुलुकको आर्थिक उन्नतिको आधार भएको बताउँदै सरकारले शुरु गरेको व्यवसाय प्रवद्र्धनकोष अभिलम्व कार्यान्वयन हुनु पर्नेमा जोड दिए ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख काशीराज भण्डारीले हिमाली क्षेत्रको पर्यटन प्रर्वद्धनमा सवैको साथ र सहयोगको आवश्य पर्नेमा जोड दिंदै त्यसका लागि वोर्ड आवश्यक सहयोग गर्ने विश्वास व्यक्त गरे।

पोखरा महानगरपालिका वडा नं. १७ रातोपैह्रास्थित अन्तराष्ट्रिय पर्वतीय संग्रहालयमा आयोजित शुभकामना कार्यक्रममा मुख्यमन्त्री गुरुङ र पर्यटन मन्त्री विकास लम्सालले हिमाल आरोहणका सहभागि टोलीलाई राष्ट्रिय झण्डा, नेपाल पर्वतारोहण र नेपाल पर्यटन बोर्डको झण्डा हस्तान्तरण गरेका थिए

आरोहण टोली आज मुस्ताङको मार्फा पुग्ने र दुई दिनमा पाँच हजार मिटर उचाईको याकखर्कको फेदिमा हुँदै बेसक्याम पुगेर दुई दिन आधारभूत तालिममा सहभागि हुने छन् भने माघ ३ गते शनिवार मनोरम हिमाल धम्पुस आरोहण गर्ने कार्यक्रम रहेको छ ।

आठ दिनको उक्त आरोहण कार्यक्रम अन्तर्गत कूल २६ जनाको टोलीमध्ये दुई महिला सहित ९ जना व्यवसायी र एक जना सञ्चारकर्मी गरि १० जनाले हिमाल आरोहण गर्ने कार्यक्रम तय गरिएको छ । आयोजकका अनुसार टोलीका अन्य सदस्य वेसक्यामबाट फर्किने भएका छन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.