www.tandavnews.com
Fact ~ In search of truth

‘हिल हिमालयज’काे शीर्ष गीति भिडियाे ‘हामी मान्छे’ सार्वजनिक (भिडियोसहित)

पाेखरा ।

प्रकृति र पर्यावरण संरक्षणका लागि गण्डकी प्रदेशमा क्रियाशील हिल हिमालयज संस्थाको शीर्ष गीति भिडियाे ‘हामी मान्छे’ सार्वजनिक भएको छ । संस्थाकै युट्युब च्यानल ‘हिल हिमालयज’ बाट उक्त गीति भिडिओ सार्वजनिक गरिएको हो ।

गीतमा संस्थाका सफाइ अभियन्ता आर्सन क्षेत्रीको शब्द तथा आवाज छ । साइमन तझ्याले संगीत भरेकाे सो गीति भिडियाेको निर्माण लेबल नेक्स्टले गरेको हो । कृष्णराज गुरुङले भिडिओको सम्पादन गरेका छन् । प्रकृति र पर्यावरण संरक्षणका लागि योगदान दिने उद्देश्यका साथ गीति भिडियो तयार गरिएको हिल हिमालयजका अध्यक्ष रोशन गुरुङ बताए । प्रकृति सफाइको अभियानलाई जारी राख्न सयौँ अभियन्ताले पुर्याएको सहयोग र दाताको हौसला आफूहरूका लागि प्रेरणाको जग भएको बताउँदै उनले गीत सङ्गीतमार्फत पनि वातावरण संरक्षणमा सचेतना पुग्ने विश्वास लिइएको बताए ।

Batas

संस्थाले हालसम्म २८ औँ सफाई श्रृंखला सम्पन्न गरिसकेको छ । जसबाट ४१ हजार केजी बढी फोहर सङ्कलन गरी पोखरा महानगरको डम्पिङ साइटमा व्यवस्थापन भएको संस्थाका सदस्य विश्वास गुरुङले जानकारी दिए । गीति भिडियोको एक कार्यक्रमकाबीच सोमबार सार्वजनिक गर्दै गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङले प्रकृतिलाई पुनर्जीवन दिने उद्देश्यले थालिएको युवाहरूको सत्कर्मले नयाँ सन्देश दिएको बताए ।

पोखरा जुओलोजिक पार्कका संयोजक हिमालय बख्रेल, रोनित गुरुङलगायतले प्रकृति संरक्षणको अभियानमा लागेका युवाहरुले समाजलाई नै प्रेरणामूलक सञ्चार प्रवाह गरेको बताए । संस्थाको साप्ताहिक सफाइ अभियानलाई हौसला प्रदान गर्दै कुशुम कृष्ण आयुर्वेदका सञ्चालक कृष्णबहादुर राउतले नगद पाँच हजार सहयोग र केही फेस माक्स सहयोग गरेका थिए ।

भिडियो

रासस

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.