www.tandavnews.com
Fact ~ In search of truth

स्वास्थ्य समूहका कर्मचारी समायोजन चाँडै गर्ने स्वास्थ्यमन्त्रीको प्रतिवद्धता

काठमाडौं,
ताण्डव न्यूज ।

स्वास्थ्य क्षेत्रका कर्मचारी समायोजनको समस्या चाँडै समाधान हुने बताएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीले स्वास्थ्य क्षेत्रका कर्मचारी समायोजनमा केही जटिलता रहेको हुनाले त्यसलाई चाँडै समाधान गर्ने प्रतिवद्धता व्यक्त गरे । सोमबार मन्त्रालयमै आयोजित भेटघाट कार्यक्रममा मन्त्री त्रिपाठीले अन्य क्षेत्रको भन्दापनि स्वास्थ्य समूहका कर्मचारी समायोजनमा बढी जटिलता देखिएको र अबको केहि समयमै यो समस्या समाधान गर्ने बताए ।

Batas

प्राविधिक क्षेत्र रहेको स्वास्थ्य समूहको कर्मचारी समोजनमा रहेका जटिलताको विषयमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग को समन्वयमा समायोजनको प्रक्रिया अगाडी बढाइएको मन्त्री त्रिपाठीले उल्लेख गरे।

यस्तै मन्त्री त्रिपाठीले सरकारले लिएको सबै स्थानीयतहमा ५, १० र १५ शय्याको अस्पताल निर्माणको लक्ष्य पूरा गर्नेमाकाम अघि बढाइएको पनि जानकारी दिए । उनले केही स्थानमा जग्गा र केही त्रुटि भएकाले त्यसलाई पनि समाधान गर्दै चाँडै नै अस्पताल निर्माण गरिसक्ने बताए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.