www.tandavnews.com
Fact ~ In search of truth

विश्वभर एकै दिन थपिए ५ लाख ४९ हजार ६ सय १५ सङ्क्रमित

काठमाडौं,
ताण्डव न्यूज ।

विश्वव्यापी महामारी बनेको नोवेल कोरोना भाइरसका कारण गत २४ घण्टामा ५ लाख ४९ हजार ६ सय १५ जना संक्रमित भएका छन् । र्वल्ड मिटरको तथ्यांक अनुसार विश्वभर नयाँ संक्रमित थपिएसँगै कुल संक्रमित हुनेको संख्या ९ करोड १३ लाख ४ हजार ७ सय ७३ पुगेको छ ।

यस्तै गत २४ घण्टामा विश्वभर थप ८ हजार ९ सय ४६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। योसँगै विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १९ लाख ५२ हजार १ सय ५३ पुगेको छ ।

Batas

हालसम्म विश्वभर कोरोनाका कारण संक्रमित भएकामध्ये स्वस्थ हुनेको संख्या ६ करोड ५२ लाख ७४ हजार ७ सय ५ पुगेको छ । यस्तै गत २४ घन्टामा विश्वभर थपिएका संक्रमितमध्ये अमेरिकामा सबैभन्दा बढी १ लाख ८८ हजार ९ सय ६३ जना रहेका छन् भने १ हजार ७ सय ५२ जनाको मृत्यु भएको छ ।

यस्तै भारतमा पछिल्लो २४ घन्टामा १२ हजार ४ सय ४८ जना नयाँ संक्रमित थपिएका छन् भने थप १ सय ६६ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.