www.tandavnews.com
Fact ~ In search of truth

एफए कप फुटबलको चौथो चरणको खेल तालिका सार्वजनिक

पोखरा,

ताण्डव न्यूज ।

एफए कप फुटबलको चौंथो चरणको खेल तालिका सार्वजनिक भएको छ ।

Batas

इंग्ल्यान्ड फुटबल एसोसियसन (एफए) ले मंगलबार आज खेल तालिका सार्वजनिक गरेको हो । एफएले सार्वजनिक गरेको ‘ड्र’ अनुसार चौंथो चरणमा म्यानचेस्टर युनाईटेड र लिभरपुलबीच खेल हुनेछ ।

यस्तै साविक विजेता आर्सनलले साउथह्याम्पटन र श्रुसबरीबीचको विजेतासँग खेल्नेछ । म्यानचेस्टर सिटीले चौंथो चरणमा चेल्टनहम टाउनसँग खेल्दा स्वान्सी सिटीले नटिङ्घम फोरेस्टसँग खेल्नेछ । यस्तै चेल्सीले लुटोनसँग खेल्दा टोटेनहमले वेकम्बसँग खेल्ने तालिका रहेको छ ।

लेष्टर सिटीले ब्रेन्टफोर्ड, एभर्टनले सेफिल्ड वेनस्डे, वेस्ट ह्यामले डनकास्टर, ब्राइटनले ब्लाकपुल र फुलहमले बर्नलीसँग खेल्नेछ ।ब्रिस्टोलले मिल्वाल, उल्भ्सले चोर्ले, नर्स्वीचले बर्न्सली र बर्नेमाउथले क्रली टाउनसँग खेल्नेछ ।एफए कपको चौंथो चरणका खेलहरु जनवरी २३ र २४ मा हुनेछ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.