www.tandavnews.com
Fact ~ In search of truth

६०० ले बढ्यो पहेंलो धातुको मूल्य

काठमाडौं ।

लगातार ओरालो लागेको सुनको मूल्यमा आज भने सामान्य वृद्धि भएको छ । प्रतितोला ९२ हजार २०० मा सोमबार कारोवार भएको छापावाला सुन आज भने तोलामा ६०० ले वृद्धि भई ९२ हजार ८०० पुगेको छ ।

यस्तै तेजाबी सुन प्रतितोला ९२ हजार ३०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । तोलामा ९१ हजार ७०० मा तेजाबी सुन सोमबार कारोवार भएको थियो । यस्तै चाँदीमा आज तोलामा २० ले वृद्धि भएको छ ।

Batas

एक हजार २३० मा सोमबार कारोवार भएको चाँदी आज एक हजार २५० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.