www.tandavnews.com
Fact ~ In search of truth

एनएमबी लघुवित्तको साधारण सभा सम्पन्न, २० प्रतिशत लाभांश पारित

पोखरा ।

एनएमबी लघुवित्त वित्तीय संस्थाको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सोमबार संस्थाका सञ्चालक समिति अध्यक्ष सजिव सुब्वाको सभापतित्व तथा नेपाल राष्ट्र बैकका प्रदेश प्रमुख ईश्वरी प्रसाद भट्टराईको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो ।

Batas

कम्पनी सचिव गोविन्द बाँस्तोलाले सञ्चालन गरेको सभामा एनएमबि बैंकको तर्फवाट प्रतिनिधित्व गरेका सञ्चालक गोविन्द घिमिरेले समेत शेयरधनि समक्ष आफ्रनो धारण राखेका थिए ।

साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजीको १ (एक) प्रतिशतका दरले हुन आउने रकम ४५ लाख ३६ हजार १७५ रुपैयाँ नगद लाभांश वापत (वोनस शेयरको कर प्रयोजनको लागि मात्र) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

यसैगरी हाल कायम चुक्ता पुँजी ४५ करोड ३६ लाख १७ हजार ५ सय रुपैयाँको १९ प्रतिशतले हुन आउने ८ करोड ६१ लाख ८७ हजार ३२५ रुपैयाँं बराबरको बोनस शेयर जारी गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.