www.tandavnews.com
Fact ~ In search of truth

एभरेष्ट बैंकको २६ औं वार्षिक साधारणसभा सम्पन्न

पोखरा ।

एभरेष्ट बैंक लिमिटेडको २६ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ।

भर्चुअल माध्यमबाट सम्पन्न साधारणसभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक बर्ष २०७६/०७७ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँड हिसाब र बार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गरेको छ ।

Batas

साधारणसभाले शेयरधनीहरुलाई आर्थिक वर्ष २०७६/०७७ का लागि ५ प्रतिशत बोनस शेयर र ५.५३ प्रतिशत नगद लाभांश (बोनस शेयर र नगद लाभांशमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

बैंकले प्रस्तावित बोनस शेयर जारी भए पश्चात चुक्ता पुँजी बृद्धि हुने र नेपाल राष्ट्र बैंकको स्वीकृति बमोजिम संस्थापक समूहको ९.९१ प्रतिशत शेयर सर्वसाधारण समूहमा परिणत भए पश्चात संस्थापक समूह र सर्वसाधारण समूहको शेयर स्वामित्व संरचना परिवर्तन गर्न प्रबन्धपत्र संशोधन गर्नु पर्ने प्रस्ताव छलफल गरि पारित गरेको छ।

कोरोनाको उच्च जोखिमलाई मध्यनजर गर्दै जुममार्फत शेयरधनीहरुका धारणासमेत सामवेश गरेको बैंकले जनाएको छ । सम्पन्न साधारणसभाबाट आगामी ४ बर्षका लागि सर्वसाधारण शेयरधनीहरुका तर्फबाट प्रतिनिधित्व गर्ने दुई जना संचालक नबिन भक्त श्रेष्ठ र उर्मिला श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.