www.tandavnews.com
Fact ~ In search of truth

सर्वाेच्च अदालतले संसद पुर्नस्थापना गर्छ : प्रचण्ड

अर्जुन गाहा (सुशान्त),

पोखरा/ताण्डव न्यूज ।

नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–नेपाल समुहका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले सर्वाेच्च अदालतले प्रतिनिधि सभा (संसद) पुर्नस्थापना गर्नेमा ढुक्क रहेको बताएका छन् ।

Batas

पोखरामा आज (बुधबार) आयोजित बृहत कार्यकर्ता भेला तथा संघर्ष अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले यस्तो अभिव्यक्ति दिएका हुन् ।

उनले संविधानको मर्मको व्याख्या गर्दै सर्वाेच्चले संसद पुर्नस्थापना गर्नेमा विश्वस्त रहेको उल्लेख गरे । ‘मलाई के विश्वास छ भने सर्वाेच्च अदालतले संसद पुर्नस्थापना गर्छ भन्ने कुरामा पुरै विश्वास छ, उनले भने, ‘यो मैले काल्पनिक आधारमा भनेको होईन धेरै धेरै मानिसहरुसँगको अन्तरक्रिया, संविधानविदहरुसँगको कुराकानी, न्यायधिसहरुको अभिव्यक्ति सुनेर नै मैले भनेको हुँ तपाईहरु धुक्क हुनुहोला संसद पुर्नस्थापना भै छाड्छ ।’

उनले सर्वाेच्च अदालतले संविधानको सहि व्याख्या गर्ने टिप्पणी गर्दै संसद पुर्नस्थापनाको बाटो तय गर्ने उल्लेख धारणा राखे ।

अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रभावमा परि सर्वाेच्चले सदर गरेको खण्डमा जनताको अदालतले फैसला गर्ने तर्क दिए । ‘सर्वाेच्चले संविधानको सहि व्याख्या गरेन वा अन्यथा भयो भने सबभन्दा ठुलो अदालत भनेको जनताको अदालत नै हो । विगतमा गिरिजा प्रसाद कोईरालाको टाउको फुटेको त थाहा होला नी अन्तत सत्यको त जित भयोनी, उनले भने, ‘हामीलाई पनि विश्वास छ की संसद पुर्नस्थापना अदालतकै फैसलाबाट हुन्छ तर हामी त्यो अदालत प्रति भरोसा गर्दै जनताको अदालतलाई पनि जागरुक बनाउने ऐतिहासिकता महसुस गरिरहेका छौ ।’

प्रचण्डले प्रधानमन्त्रीले संसद विधटन पश्चात उखान प्रहशन मार्फत आफुहरुलाई आरोप लगाएको प्रति कटाक्ष गर्दै पुर्व एमाले र माओवादीलाई भंग गरि नेकपा बनाएको र असली नेकपा आफुहरु नै रहेको स्पष्ट पारेका थिए ।

त्यस्तै अर्का अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सच्चिने मौका रहेको उल्लेख गर्दै आफुहरु तिरै आउन आग्रह गरे । उनले जनता अग्रगमन र संविधानकै पक्षमा सडकमा ओर्लीरहेको बताउदै सर्वाेच्चको निर्णय आउनु पुर्व नै नेकपा मै समाहित हुनुको विकल्प नरहेको धारणा राखेका थिए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.