www.tandavnews.com
Fact ~ In search of truth

बागलुङ ताराखोलामा‘एकीकृत नमूना कृषि फार्म’का लागि १६ फार्म छनोट

बागलुङ ।

ताराखोला गाउँपालिकामा एकीकृत नमूना कृषि फार्म सञ्चालनका लागि १६ कृषि फार्म र कृषक समूह छनोटमा परेका छन् । यसअघि गाउँपालिकाले फार्म सञ्चालन गर्न इच्छुक कृषक समूह र कृषि फार्मबाट प्रस्ताव माग गरेको थियो ।

आउँदो १५ दिनभित्र कार्यक्रम सम्झौता भई कार्यान्वयनमा जाने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले जानकारी दिए । उनका अनुसार एकीकृत नमूना कृषि फार्मका लागि संघ सरकारको ७० लाख र गाउँपालिकाको ४२ लाख बजेट छ ।

Batas

‘गाउँपालिकाले ५० देखि ७० प्रतिसम्म लगानी गर्छ, बाँकी सम्बन्धित कृषक समूह र कृषि फार्मले गर्नुपर्छ’, उनले भने, ‘कामको प्रगति र मूल्यांकनका आधारमा किस्तामा अनुदान दिन्छौँ ।’एकीकृत नमूना कृषि फार्मका लागि छनोटमा पर्नेमा वडा नं १ माझखर्कको एकीकृत सामुदायिक नमूना कृषि फार्म पहिलो नम्बरमा छ । बाख्रापालनका लागि उक्त फार्मले रु १६ लाख ५० हजार अनुदान पाउनेछ ।

यस्तै वडा नं १ र २ को ताराखोला एकीकृत तरकारी उत्पादन केन्द्रका लागि छ लाख, वडा नं १ कै चगाडी अग्र्यानिक कृषि फार्मलाई तीन लाख अनुदान छुट्टाइएको छ ।

तरकारी खेतीमै वडा नं २ अर्गलको प्रगतिशील महिला कृषक समूहले रु तीन लाख, सोही वडामा बाख्रपालनका लागि थामी कृषक समूहले १३ लाख ५० हजार र वडा नं ३ हिलको घुम्टे हिल पशुपक्षी फार्मले बाख्रा, बट्टाई र स्थानीय जातका कुखुरापालनका लागि १२ लाख अनुदान पाउने भएको छ ।

सोही नामको अर्को फार्मका लागि बाख्रापालनमा रु नौ लाख अनुदान छुट्याइएको छ । हिलकै हर्निस बहुउद्देश्यीय कृषि फार्मले बट्टाई र स्थानीय जातका कुखुरापालनका लागि तीन लाख, वडा नं १, २ र ३ लाई समेटेको ताराखोला एकीकृत भेडाबाख्रा फार्मले पाँच लाख, वडा नं ३ को बराहखोला बाख्रा फार्मले भेडापालनका लागि दुई लाख र वडा नं ५ औलादीको एमएस बाख्रा फार्मले दुई लाख अनुदान पाउनेछ ।

वडा नं ३ को अर्खलाबोट बाख्रा फार्मले रु एक लाख, वडा नं ४ को लावाङ कृषक समूहले तरकारी खेतीका लागि रु १६ लाख, सोही वडाको तारागाउँमा रहेको ताराखोला बहुउद्देश्यीय रेम्बो ट्राउट माछा फार्मले १२ लाख अनुदान पाउने भएको छ ।

यस्तै वडा नं ५ को करिमेला कृषि तथा पशुपालन समूहलाई तरकारी खेतीका लागि १६ लाख र सोही वडाको मालचरी कृषक समूहलाई बाख्रापालनका लागि १० लाख अनुदान छुट्याइएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले कृषिको व्यावसायीकरणका लागि एकीकृत नमूना कृषि फार्मको योजना ल्याइएको बताए । ‘यो कार्यक्रमले कृषिको व्यावसायिक उत्पादन बढ्नुका साथै स्थानीयवासीलाई आयआर्जनसँग जोड्छ, रोजगारी पनि सिर्जना गर्छ’, उनले भने । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.