www.tandavnews.com
Fact ~ In search of truth

आज गण्डकी प्रदेशका एक/दुई स्थानमा वर्षाको सम्भावना

पोखरा,
ताण्डव न्यूज ।

मौसम पूर्वानुमान महाशाखाले आजपनि देशका विभिन्न भागमा मौसम बदली रहने बताएको छ ।

विभागका अनुसार हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली नभए पनि आज बिहान देशको पहाडी भेगमा मौसम आंशिक बदली छ भने तराईमा हुस्सु र कुहिरो लागेको छ । महाशाखाले जारी गरेको नियमित बुलेटीनमा आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेशका एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

Batas

यस्तै देशका विभिन्न भूभागमा तापक्रममा हल्का गिरावट आउनुका साथै तराईका केही भूभागमा हुस्सु-कुहिरोसमेत लाग्ने सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

आज राति प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेशको तराईका भूभागमा आंशिक बदली साथै देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशका एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.