www.tandavnews.com
Fact ~ In search of truth

पिपल्स च्वाइसको अवार्ड भलिबलकी अरुणालाई

काठमाडौं ।

‘एनएसजेफ पल्सर स्पोर्टस् अवार्ड’मा भोटिङका आधारमा भएको पिपल्स च्वाइस अवार्डको उपाधि भलिबलकी कप्तान अरुणा शाहीले जितेकी छिन् । उनले सर्वाधिक मत प्राप्त गर्दै उक्त अवार्ड जितेका हुन्। अरुणाले कूल ३७ दशमलव ५२ प्रतिशत प्राप्त गरिन्।

पोखरामा पुरुष भलिबल प्रतियोगिताको समेत आयोजना गरिएको थियो । सागमा नेपालले रजत पदक जित्दा शाहीले उत्कृष्ट कप्तानीको भूमिका निर्वाह गरेकी थिइन् । यस्तै बङ्गलादेशमा सम्पन्न एभिसी सेन्ट्रल जोन महिला भलिबल प्रतियोगिताको उपाधि जित्दा पनि उनले नै कप्तानी गरेकी थिइन् ।

Batas

उक्त विधातर्फ दोस्रो स्थानमा सागमा करातेमा दोहरो स्वर्ण पदक जितेका मण्डेकाजी श्रेष्ठ रहे । उनले २८ दशमलव ४५ प्रतिशत मत प्राप्त गरे । तेस्रो स्थानमा बास्केटबलकी कप्तान सदिना श्रेष्ठ रहिन्।

उनले १३ दशमलव १३ प्रतिशत मत प्राप्त गरिन । चौथो स्थानमा रहेकी पौडीकी गौरीका सिंहले १३ दशमलव तीन प्रतिशत तथा पाँचौँ स्थानमा रहेकी महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारीले सात दशमलव दुई प्रतिशत मत प्राप्त गरे । अरुणालाई उक्त अवार्ड जिताउनका लागि पोखरामा अभियान नै शुरु गरिएको थियो ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.