www.tandavnews.com
Fact ~ In search of truth

लोकसेवा आयोगले नासु पदका लागि खुलायो विज्ञापन, कहाँ कहाँ कति कोटा ?

काठमाडौं,
ताण्डव न्यूज ।

लोक सेवा आयोगले नायब सुब्बा (नासु) पदमा ८ सय ४३ जनाका लागि विज्ञापन खुलाएको छ ।

खुल्लाबाट ४ सय ११ र ज्येष्ठता र कार्यक्षमता मूल्यांकन बढुवाबाट ४ सय ३२ जना पदपूर्ति गर्ने गरी लोक सेवाले आज नासु (अप्राविधिक) पदमा विज्ञापन प्रकाशित गरेको हो । काठमाडौं कार्यालयबाट खुलामा १ सय ५०, ज्येष्ठताबाट ९८ र कार्यक्षमताबाट ४८ गरी जम्मा २ सय ९६ जनाका लागि विज्ञापन खुलाइएको छ ।

Batas

यस्तै धनकुटा कार्यालयबाट खुलामा ४७, ज्येष्ठताको आधारमा ३१ र कार्यक्षमताको आधारमा १८ गरी ९६ जनाका लागि विज्ञापन प्रकाशित भएको छ । यसैगरी जलेश्वर कार्यालयबाट खुलाबाट ४९, ज्येष्ठताको आधारमा ४९ र कार्यक्षमताको आधारमा २३ जना गरी कूल १ सय २१ जना सुब्बाको पदका लागि विज्ञापन खुलाइएको छ भने पोखरा कार्यालयबाट खुल्लाबाट ५२, ज्येष्ठताको आधारमा ३५ र कार्यक्षमताको आधारमा १७ जनाको पदपूर्ति हुने लोक सेवा आयोगले जनाएको छ ।

बुटवल कार्यालयबाट खुल्लामार्फत् ५३ जनाको पदपूर्ति हुने छ । जसमा ज्येष्ठताको आधारमा ३७ र कार्यक्षमताको आधारमा २२ जनालाई बढुवा गरी पदपूर्ति गरिने छ । सुर्खेत कार्यालयबाट खुल्लामा २३, ज्येष्ठताको आधारमा १९ र कार्यक्षमताको आधारमा १० गरी कूल ५२ जना नासुको पदपूर्ति हुने छ ।

यसैगरी दिपायल कार्यालयबाट खुल्लामा ३७ जनाको विज्ञापन खुलेको छ । यस कार्यालयबाट ज्येष्ठताको आधारमा १६ र कार्यक्षमता मूल्यांकनबाट ९ जनाको बढुवा गरी पदपूर्ति गरिने लोक सेवा आयोगले जनाएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.