www.tandavnews.com
Fact ~ In search of truth

‘एउटा यस्तो प्रेम कहानी’ लाई पिजी सर्टिफिकेट

पोखरा,
ताण्डव न्युज ।

अभिनेता शिव श्रेष्ठ निर्माता रहेको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ ले पिजी सर्टिफिकेट पाएको छ । मन्त्रीपरिषदको बैठकले सिनेमा हल खुलाउने निर्णय गरेसँगै फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ पनि सेन्सर पास भएको छ ।

सोमवार सूचना तथा सञ्चार मन्त्रालयको सभा हलमा केन्द्रीय चलचित्र जाँच समितिका सदस्यहरुले फिल्म हेरेपछि अभिनेता शिव श्रेष्ठलाई पिजी सर्टिफिकेट प्रदान गरेका थिए ।

Batas

अब यो फिल्म १६ वर्षभन्दा मुनिका दर्शकले अभिभावकको साथमा हेर्नुपर्नेछ ।

फिल्म माघ १ गते (भोली) प्रदर्शनमा आउँदैछ । ९ महिना पछि दर्शकले नेपाली नयाँ फिल्म हेर्न पाउने भएका छन् । दिपेश सापकोटाले निर्देशन गरेको एक्सन ड्रामामा शिव श्रेष्ठ, प्रियंका कार्की, आयुष्मान देशराज जोशी, वर्षा राउत, संजोग कोइराला, बसुन्धरा भुषाल, मिथिला शर्मा, नरेन खड्कालगायतको अभिनय छ ।

यो फिल्मबाट अभिनेत्री करिश्मा मानन्धरकी छोरी कविता र अभिनेता शिव श्रेष्ठका छोरा शक्तिले अभिनयमा डेब्यू गर्दैछन् । फिल्मका निर्माता यशोदा राई र दिनेश दर्शनधारी हुन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.