www.tandavnews.com
Fact ~ In search of truth

आँधीखोला गाउँपालिका अध्यक्षद्वारा सेपत–भर्स्याङ–देउराली–पञ्चासे सडक निर्माण शिलान्यास

स्याङ्जा ।

आँधीखोला गाउँपालिका वडा नं ४ स्थित सेपत–भर्स्याङ–देउराली–पञ्चासे सडक निर्माणको शिलान्यास गरिएको छ।

सडकको स्तरोन्नती तथा कालोपत्रे गर्ने कार्यको गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेलले मंगलवार शिलान्यास गरेका छन् । सडकको निर्माण कार्य दुई वर्ष भित्रमा सम्पन्न गर्ने गरी गाउँपालिका र ठेकेदार कम्पनी बीच सहमति भएको गाउँपालिकाले जनाएको छ ।

Batas

शिलान्यास कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष पौडेलले सडक निर्माणपछि सेपत–लप्सीबोट–भर्स्याङ्ग–पातालखर्क–देउराली–रिमाल स्वाँरा हुँदै श्रवणकुमार पञ्चासे जाने स्थानीय जनतालाई ओहोरदोहोर गर्न सुविधा पुग्ने र स्थानीय स्तरमा उत्पादन हुने तरकारी, फलफूल लगायतका कृषि उत्पादनहरू सजिलै बजार पहुँचमा पुग्ने साथै सामाजिक तथा आर्थिक उन्नतिमा टेवा पुग्ने धारणा राखे । यसैवीच सडक शिलान्यास गर्दै अध्यक्ष पौडेलले आफूले निर्वाचनका बेला जनतासँग गरेको बाचा पूरा गरेको बताए।

सडक निर्माणका लागि ११ करोड ४ लाख ५५ हजार ८ सय २ मा टेन्डर गरिएकोमा ४०.९९ प्रतिशत ठेक्का घटेर ६ करोड ५१ लाख ७५ हजार ३ सय ५७ मा सिंह एण्ड ब्रदर्स संस्कृति श्री चम्पेश्वर जे. भी कलंकी काठमाडौंले सडक निर्माण कार्यको जिम्मा लिएको गाउँपालिका कार्यालयले बताएको छ ।

निर्माण कम्पनीसँग २०७७ पुष ५ गते सम्झौता भएको र आगामी २०७९ पुस ५ गते पूर्ण रूपमा सम्पन्न हुने गाउँपालिकाका इन्जिनियर प्रकाश पौडेलले बताए ।

ठेकेदार कम्पनीका प्रबन्धक पदम भट्टराईका अनुसार पक्की नाली, ट्राफिक लाइट र रोड पेन्टिङ सहितको सडकको ठेक्का सम्झौता अनुसार ४० एम. एम. मोटाइको कालोपत्रे गर्ने भनिएको छ । ११०० मिटर ढलान र ३९०० मिटर पिच गरी जम्मा ५ किलोमिटर सडकको स्तरोन्नती गर्न लागिएको हो ।

कुनै पनि विकास निर्माणको सवालमा गाउँपालिका एक्लैले मात्र सम्भव नभएकोले जनताको पूर्ण सहभागिता जरुरी भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले बताएका छन् । यस्तै विकास निर्माणका सवालमा जनसहभागिता अनिवार्य रहेकोले जनसहभागिता विनाको विकास सफल नहुने भएकोले स्थानीय जनताको सहभागिता जुटाएर अगाडी बढ्न जरुरी रहेको बताएका छन् ।

आँधीखोला गाउँपालिकाका वडा नं ४ का वडाध्यक्ष चिन्तामणि पौडेलको अध्यक्षता सम्पन्न भएको शिलान्यास कार्यक्रमको सञ्चालन स्थानीय समाज सेवी सिंह बहादुर क्षेत्रीले गरेका थिए ।

शिलान्यास कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेल, वडा नं ३ का अध्यक्ष विष्णु बहादुर खत्री, वडा नं ५ का अध्यक्ष कृष्ण प्रसाद पनेरु, कार्यपालिका सदस्य जमुना पौडेल, वडा सदस्य सोबित बहादुर रानाभाट, भानुभक्त लामिछाने लगायत टोल विकास संस्थाका पदाधिकारी, स्थानीय बुद्धिजीवी, र समाज सेवीको उपस्थिति रहेको थियो ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.