www.tandavnews.com
Fact ~ In search of truth

बागलुङमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

पोखरा ।

बागलुङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

गए राति करिब १२ बजे काठेखोला गाउँपालिकाको अक्षेतेदेखि बागलुङ बजार आउँदै गरेको ध १ त ४७१२ नम्बरको ट्याक्टर बागलुङ नगरपालिका(३ बोक्सेमा दुर्घटना हुँदा ट्याक्टर चालकको मृत्यु भएको हो ।

दुर्घटनामा परी म्याग्दीको धौलागिरी गाउँपालिका वडा नम्बर ७ मुनाका २९ वर्षीय केश बहादुर पुन मगरको मृत्यु भएको छ भने ट्याक्टरमा सबार सहचालक भने सकुशल रहेकोजिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी इन्सपेक्टर विजय अधिकारीले बताए।

ट्याक्टर मध्यपहाडी लोक मार्ग देखि करिब १ सय ५० मिटर तल खसेको र दुर्घटनाको खवर पाएलगत्तै घटना स्थलमा पुगेको जिल्ला प्रहरी कार्यालयको टोलिले उद्धारमा बागलुङ नगरखानेपानिको पाईप फुटेर पहिरो जाने सम्भाबना देखिएपछि बिपदको टोलिले राति नै उद्धार गरि मृतक चालकको शव पोस्टमार्टका लागि धौलागिरी अस्पताल बागलुङ राखिएको अधिकारीले बताए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
Hotpop