www.tandavnews.com
Fact ~ In search of truth

ललाईफकाई एकान्तमा लगी नाबालिकाको कानको सुनको मुन्द्रा चोर्ने फुलबारीकी एलिसा पक्राउ

पोखरा,
ताण्डव न्यूज ।

नाबालिकाले कानमा लगाएको गहना चोरी गर्ने पक्राउ परेका छन् ।

नाबालिकाले कानमा लगाएको सुनको मुन्द्रा चोर्ने पोखरा ११ फुलबारीकी २२ वर्षीया एलिसा गुरुङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

Batas

गुरुङले पोखरा ७ घारीपाटन बस्ने वर्ष २१ की रमिला पौडेलको ५ वर्षीय छोरीको कानको मुन्द्रा चोरेको भन्ने उजुरीको आधारमा उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनले बालिकालाई पोखरा पृथ्वीचोक स्थित पोखरा महलभित्रबाट ललाईफकाई एकान्त स्थानमा लगी बालिकाले लगाएको सुनको मुन्द्रा चोरेको जनाइएको छ ।

उनलाई पौष २७ गते पोखरा वडा ४ पालिखेचोकबाट पक्राउ परेकी हुन् ।उनीमाथि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । अनुसन्धानको क्रममा पोखरा ११ रानीपौवामा सुनपसल सञ्चालन गरी बस्ने वर्ष ३० का विजय सुनारलाई समेत नियन्त्रणमा लिई अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

विजय घटनाको अनुसन्धानको क्रममा नाम जोडिएपछि पौष २८ गते पक्राउ परेका हुन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.