www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा आज एकै दिन दुई व्यक्ति मृत भेटिए

पोखरा,
ताण्डव न्यूज ।

कास्कीमा आज एकै दिन २ जनाको शव भेटिएको छ ।

पोखरा वडा १९ लामाचौर स्थित खेत भन्ने स्थानमा गोरखा लखन नगरपालिका शहिद लखन नगरपालिका ६ का सुरेश कोइराला मृत भेटिएको प्रहरीले जनाएको छ ।

Batas

लामाचौरस्थित एक फर्निचर उद्योगमा काम गर्दै आएका ३२ वर्षीय सुरेश सोही उद्योग भित्र ब्लकले बनेको कोठामा भित्रबाट चुक्कुल लगाई सुतेकोमा सुतेकै ठाउँमा मृत भेटिएका हुन् ।

यस्तै फेवातालमा तैरिएको अवस्थामा एक शव फेला परेको प्रहरीले बताएको छ ।प्रहरीको अनुसार पुम्दिभुम्दीका अन्दाजी २५ वर्षीय सन्तोष परियार आज बिहान फेवातालमा तैरिएको अवस्थामा मृत भेटिएका हुन् ।

उनी पौष २२ गते १० ११ जना साथीहरुसँग चिहान डाडामा पिकनिक खान गएका थिए । पिकनिक स्थलबाट कसैलाई नभनी निस्किएका सन्तोष पिकनिज स्थलबाट अन्दाजी ३०० मिटर पश्चिम तर्फ फेवातालमा आज मृत फेला परेको प्रहरीले बताएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.