www.tandavnews.com
Fact ~ In search of truth

ओली तानाशाही फाँसीवादको बाटोमा हिँडे, सबै सखाप नभईन्जेल छोड्दैनन, सचेत बनौ : डा भट्टराई

जीवन सुवेदी,
ताण्डव न्यूज ।

जनता समाजवादी पार्टीको संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली तानाशाही फाँसीवादको बाटोमा हिँडेको आरोप लगाएका छन । ओलीले हिटलरी शैली अपनाउँदै सर्वनाश नभएसम्म नछाड्ने नीति लिएको उनको आरोप छ ।

जनता समाजवादी पार्टीको गण्डकी प्रदेशस्तरीय भेला आज पोखरामा सम्बोधन गर्दै भट्टराईले ओलीले लोकतान्त्रिक गणतन्त्र, संघीयता र जनमतमाथि खेलेको भन्दै यी सबैकुरालाई सखाप पार्ने अभियानमा ओली रहेको बताए ।

Batas

ओलीको कदम धर्मनिरपेक्षता र संघीयतालाई सिध्याउनेतिर लागेको भन्दै डा. भट्टराईले आफूहरुको रगतमा ओलीले खेल्न लागेको आरोप लगाए । उनले अब जनताले ओलीलाई छाड्न नहुने र शून्यमा झार्नुपर्ने बताए । डा भट्टराईले संविधान भन्दा माथि गएर प्रधानमन्त्री ओलीले प्रधानन्यायाधीशलाई धम्क्याइरहेको आरोप समेत लगाए ।

पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराईले प्रतिनिधिसभा विघटन कुनै पनि हालतमा संविधानसम्मत् नभएको तर्क गरे । प्रतिनिधिसभा विघटन गरेर संविधानलाई नै धरासायी बनाएको उनको भनाई छ । २९ वर्ष लडेर, सहिद भएर ल्याएको लोकतन्त्रलाई धरापमा पारिएको भन्दै उनले आम जनताको अधिकार सुरक्षित नभएसम्म ओली प्रवृत्तिविरुद्ध निरन्तर लडिरहने बताए ।

ओलीले संघीयता, धर्म निरपेक्षता, समानुपातिक समावेशीता जस्ता महत्वपूर्ण प्रावधान समेटिएको संविधानमाथि नै अपराध गरेकाले कारबाही हुनुपर्ने उनले तर्क गरे । ओलीले विघटन गरेर अपराध गरेको उनले बताए ।

ओलीले निर्वाचन पनि नगर्ने उनले दावी गरे । ‘सबैले ओलीले निर्वाचन गरेको खण्डमा हार्छन् भनिरहेका अदालतबाट कस्तो फैसला हुन्छ भन्नेमा भर गरेर बस्न नहुने उनले कार्यक्रममा बताए । यो संविधान नेपाली जनता आफैंले बनाएकाले प्रतिनिधिसभा विघटन हुन नसक्ने उनले दावी गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग लगाएर कारवाही भए जस्तै जनताले पनि ओलीलाई कारवाही गर्नुपर्ने उनको भनाई छ । प्रधानमन्त्री ओलीलाई कारवाही गर्न कांग्रेसले समेत खुट्टा कमाउन नहुने उनको भनाई छ ।

सभालाई सम्बोधन गर्दे अर्का नेता अशोक राईले ओली प्रबृत्तिकै कारण मुलुकमा संकट पैदा भएको बताए । ओली कुनैबेला राष्ट्रनायक भएपनि अहिले खलनायक भएको उनको आरोप छ । नेकपा प्रचण्ड माधव समूहका दुबै नेता सडकमै जान लायक रहेको भन्दै उनले पार्टीमा मिलेर बस्न नसक्नेहरुले देश बनाउछ भनेर कल्पना गर्न नसकिने बताए ।

कार्यक्रममा बोल्दै पूर्व मन्त्री समेत रहेका नेता शरतसिंह भण्डारीले सम्पूर्ण आन्दोलनका शक्तिहरु जनता समाजबादीमा समाहित भएकाले अब जनता समाजबादीको काँधमा देशको जिम्मेवारी आएको बताए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.