www.tandavnews.com
Fact ~ In search of truth

नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको छैठौँ बैठक आज

काठमाडौं,
ताण्डव न्यूज ।

नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको छैटौँ बैठक आज बस्दैछ ।

बैठकमा सहभागि हुनका लागि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली बिहिबार भारतको राजनधानी दिल्ली जाँदै छन् । तीनदिने भ्रमणका क्रममा उनले उच्चपदस्थ भारतीय अधिकारीहरूसँग छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

Batas

मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार संयुक्त आयोगको बैठकमा सीमा, व्यापार, पारवहन लगायतका विषयमा छलफल हुनेछ । त्यस्तै, कोभिडविरुद्धको खोपमा नेपाल–भारत सहकार्यको मोडालिटीबारे पनि छलफल हुने बताइएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५ पुसमा प्रतिनिधिसभा विघटन गरेपछि नेपालबाट भारत भ्रमणमा जान लागेका ज्ञवाली सबैभन्दा उच्चपदस्थ अधिकारी हुन्  ।

भ्रमणका क्रममा परराष्ट्रमन्त्री ज्ञवालीले प्रधानमन्त्री केपी ओलीका तर्फबाट भारतीय समकक्षी नरेन्द्र मोदीलाई सन्देश सुनाउने योजना पनि छ । गत वर्षको सुरुमा भारतले र पछि नेपालले जारी गरेका नयाँ नक्साबारे दुई देशबीचको विवादबीच संयुक्त आयोगको बैठक बस्न लागेको हो ।

बैठकमा सुस्ता र कालापानीको सीमा विवाद एवं नक्सा प्रकरणबारे पनि छलफल हुनेछ । परराष्ट्रमन्त्री ज्ञवाली बैठकमा सहभागि भएर शनिवार स्वदेश फर्कनेछन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.