www.tandavnews.com
Fact ~ In search of truth

‘मनले रोजेको’ गीत सार्वजनिक

पोखरा,
ताण्डव न्यूज ।

बहुचर्चित गायक रामजी खाँण र गायिका तुलसी क्षेत्रीको आवाजमा रहेको गीत ‘मनले रोजेको’ सार्वजनिक भएको छ ।

शर्मिला अधिकारीको उक्त गीतमा दिपक अधिकारीको शब्द रहेको छ भने सन्तोष सुवेदीको संगीत रहेको छ । रामजी खाँणको अफिसियल युटुव च्यानलबाट सार्वजनिक गीतको भिडियोलाई शुशिल नेपालीले निर्देशन गरेका छन् ।

Batas

भिडियोमा शुशिल नेपाली, सन्तोष सुवेदी, आशिका क्षेत्री र शर्मिला अधिकारीले कम्मर मर्काएका छन् । गणेश सापकोटाले खिचेको भिडियोलाई सुवास अम्गाईले सम्पादन गरेका हुन् ।

गीतमा पोखराको काँहु डाँडाको रमणीय दृश्यलाई कैद गरिएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.