www.tandavnews.com
Fact ~ In search of truth

कांग्रेस सभापति देउवा चढेको हेलिकप्टर गोरखामा आकस्मिक अवतरण

गोरखा ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चढेको हेलिकप्टर गोरखामा आकस्मिक अवतरण गरिएको छ । काठमाडौँबाट पर्वतका लागि उडेको हेलिकप्टर मौसम खराबीका कारण पालुङटार नगरपालिका–२ आँपपीपलमा आकस्मिक अवतरण भएको हो ।

‘कैलाश एयरको हेलिकप्टर मध्याह्न करीब १२ः४५ बजे आँपपीपलमा फोर्स ल्याण्डिङ गरिएको हो’, जिल्ला प्रहरी कार्यालयका प्रमुख सुरेन्द्रबहादुर गुरुङले भने,‘कांग्रेसका सभापति देउवा पर्वततर्फ जान लाग्नुभएको रहेछ ।’

Batas

आकस्मिक अवतरण गरिएको हेलिकप्टर करीब ३५ मिनेट आँपपीपलमै रोकिएको प्रहरी उपरीक्षक गुरुङले बताए । मौसममा सुधार आएलगत्तै हेलिकप्टर १ः२० बजे गोरखाबाट फेरि पर्वततर्फ उडेको प्रहरी उपरीक्षक गुरुङले बताए ।

स्थानीयवासी सञ्जीव रानाका अनुसार बाक्लो कुहिरो लागेका कारण रिपगाउँको कोदोबारीमा हेलिकप्टर अवतरण गरिएको थियो । सभापति देउवा पर्वतमा काँग्रेसले आयोजना गरेको कार्यक्रममा सहभागी हुन त्यसतर्फ जान लाग्नु भएको हो । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.