www.tandavnews.com
Fact ~ In search of truth

मन्त्री ढकाल भन्छनः पोखरा विमानस्थल तोकिएकै समयमा पूरा हुन्छ

पोखरा,
ताण्डव न्यूज ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले पोखरा विमानस्थल तोकिएककै समयमा पूरा हुने विश्वास व्यक्त गरेका छन् ।

बिहिबार हिजो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अवलोकन भ्रमणमा आएका मन्त्री ढकालले ७० प्रतिशत सम्म भएको भौतिक प्रगति सन्तोषजनक भएको बताए । आफू अहिले विभिन्न राष्ट्रिय गौरवका आयोजनाको निरीक्षण गर्ने क्रममा रहेको बताउँदै मन्त्री ढकालले कुनै पनि बहानामा निर्माणमा ढिलाई गर्न नहुने बताए ।

Batas

मन्त्रालयको नेतृत्व सम्हालेपछि मन्त्रालय अन्तर्गतका कामको अवस्था बारे बुझ्न मन्त्री ढकाल बुधबार भैरहवास्थित गौतमबुद्ध विमानस्थलको निरिक्षणपछि बिहिबार पोखरा आएका थिए ।

सो अवसरमा विमानस्थलको निर्माण प्रगतिबारे जानकारी गराउँदै आयोजना प्रमुख ईन्जिनियर विनेश मुनकर्मीले कोरोना महामारीका कारण केहि ढिलाई भएपनि काम भने निर्धारित समयमै पूरा गर्ने बताए । विमानस्थलको करीब ५१ प्रतिशत वित्तीय प्रगति भएको छ ।

तोकिएको काम सम्पन्न भएपछि मात्रै ठेकेदारलाई पूरा भुक्तानी दिइने भएकाले वित्तीय प्रगति कम देखिए पनि त्यो भुक्तानी गर्दा स्वतःवित्तीय प्रगति माथि पुग्ने उनले बताए ।

विमानस्थल निर्माण हालको प्रगति र उपकरण जडानसहित अबको छ महिनाभित्र विमानस्थल निर्माण सम्पन्न हुने विमानस्थल आयोजना प्रमुख इञ्जिनीयर विनेश मुनकर्मीले जानकारी दिए । छिमेकी मुलुक चिनबाट आउनुपर्ने सबै कामदार कोरोनाकै कारण रोकिनुपरेकाले केहि ढिलाई भएको उनले बताए ।

विमानस्थल मुख्य भवनभित्रको आन्तरिक काम, र नजिकै रहेको रिठ्ठेपानी डाँडा कटानको काम र आयोजना नजिकैबाट ल्याण्डफिल्ड साईट हटाउने काम अझै बाँकी रहेको उनले बताए ।

कोभिड–१९ को समस्या नभएको भए यो आयोजना समयावधिभन्दा छ महिनाअघि नै निर्माण सम्पन्न गर्ने लक्ष्य थियो । सन् २०२१ जुन सम्म पूरा गर्ने लक्ष्य रहेको यो आयोजनाको काम बन्दाबन्दीको अवधिमासमेत निरन्तर सञ्चालन भएको थियो । अहिले १६० चिनियाँ र ६० नेपाली गरी २२० कामदार खटिएका छन् ।

विमानस्थलको हाल दुई हजार ५०० मिटरको धावनमार्ग, एटिसी टावर, सात वटा भवन, एउटा ह्याङ्गरलगायत निर्माण कार्य सम्पन्न भएका छन् । यी पूर्वाधार सम्पन्न हुँदै छ । विमानस्थलमा लाइटिङलगायत उपकरण जडानको काम मात्र बाँकी छ ।

प्रविधि जडानका लागि आवश्यक विदेशी कामदार ल्याउन प्रक्रिया पूरा भएको र उनीहरु आउनासाथ उपकरण जडानको काम शुरु हुनेछ । प्रविधि जडानका लागि चीनसहित युरोप, अस्ट्रेलिया र अमेरिकाबाट पनि प्राविधिक ल्याउनुपर्ने आयोजनाले जनाएको छ ।

चिनियाँ सरकारी स्वामित्वको ठेकेदार कम्पनी सिएएमसिइले विसं २०७३ साउन १८ देखि विमानस्थल निर्माण गरिरहेको छ । अन्तरराष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को मापदण्डअनुसार फोरडी मोडलमा पर्ने पोखरा विमानस्थल निर्माण पूरा भए पनि बोइङ ७५७ र एयरबस ३२० वा सो सरहका जहाजको उडान अवतरण हुने जनाइएको छ ।

विमानस्थलले वार्षिक आठ लाख यात्रुलाई सेवा दिने क्षमताको हुनेछ । विमानस्थलमा तीन न्यारोबडी, चार एटिआर जहाज र चार ट्वीनअटर जहाज गरी ११ वटा जहाज पार्किङ गर्न सकिने क्षमता छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.