www.tandavnews.com
Fact ~ In search of truth

‘सर्वोच्चको फैसला कांग्रेसलाई मान्य हुन्छ’

मोरङ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले संसद् विघटनसम्बन्धमा सर्वोच्च अदालतले दिने निर्णय आफ्नो पार्टीलाई स्वीकार्य हुने बताएका छन् । मानव अधिकार तथा शान्ति समाज मोरङ शाखाको साधारणसभाका अवसरमा आज विराटनगरमा आयोजित कार्यक्रममा उनले सर्वोच्चले कसैको दबाव र प्रभावमा नपरी निस्पक्ष रुपमा निर्णय सुनाउनेमा आफू विश्वस्त रहेको बताए ।

केन्द्रीय सदस्य कोइरालाले ‘राष्ट्रलाई हामीले प्रमुख प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै संविधान, लोकतन्त्र र सङ्घीयतालाई संस्थागत गर्न नागरिक समाज एवं राजनीतिक दलको काँधमा ठूलो जिम्मेवारी आएको छ’ भने ।

Batas

नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य जीवन घिमिरेले लोकतन्त्रलाई संस्थागत गर्न नागरिकको भूमिका महत्वपूर्ण हुने धारणा राखे ।

जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य जयराम यादवले गणतन्त्रको उपलब्धिको रक्षा गर्नु हामी सबैको कर्तव्य हो भने । समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडीले विगतको तीतोमीठो अनुभवका आधारमा संविधानमा संसद् विघटनको विषयमा प्रष्ट व्यवस्था गरिएको बताए ।

समाजका केन्द्रीय अध्यक्ष उत्तम पुडासैनी, केन्द्रीय सदसय विकास थापा, मोरङ अध्यक्ष डिल्ली कार्की, इन्सेकका प्रदेश संयोजक सोमराज थापा, एलिट क्लबका अध्यक्ष विश्वनाथ रिजाल र सञ्चारकर्मी गणेश लम्सालले मुलुकमा राजनीतिक स्थायित्व कायम गर्नेतर्फ राजनीतिक दलको ठूलो जिम्मेवारी रहेको धारणा राखे ।

(रासस)
–––

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.