www.tandavnews.com
Fact ~ In search of truth

कोरोना संक्रमणपछिको प्रभाव: होटल खुलेपनि ग्राहक आएनन् , लगानी जोखिममा

पोखरा,
ताण्डव न्यूज ।

कोरोनाका कारण बन्द भएका, सानाठूला होटल सञ्चालनमा आए पनि ग्राहक नआएपछि क्षमता अनुरुपको सेवा दिन नसकेको होटल व्यवसायीहरुले बताएका छन् । पर्याप्त संख्यामा पाहुना नआएपछि होटलहरूले १० देखि २५ प्रतिशत मात्रै सेवा दिँदै आएको बताएका छन् ।

सामान्य अवस्थामा पोखराको पर्यटनमा ४५ प्रतिशत योगदान आन्तरिक पर्यटकको हुन्थ्यो । तर कोरोनाको महामारीका कारण सुस्ताएको चहलपहल गएको दसैँयता सुधार हुँदै गए पनि होटल व्यवसायी सन्तुष्ट छैनन् ।

Batas

एकजना होटल व्यवसायी बुद्धिमान शर्माका अनुसार मूख्य सिजनमै पर्यटक नआए पछि होटल व्यवसाय संकटमा परेको छ । होटल व्यवसायीहरूका अनुसार यो मौसममा चितवन जाने पर्यटकको संख्या दैनिक २५ सयको हाराहारीमा हुन्थ्यो । तर हिजोआज यो सङ्ख्या ५ देखि ७ सयको हाराहारीमा मात्रै छ ।

सौराहामा सञ्चालित होटलहरुले मात्रै दैनिक ८० लाख भन्दा बढी घाटाको कारोबार गरीरहेका छन् । क्षेत्रीय होटल एशोसियसन चितवका अध्यक्ष दीपक भट्टराई घाटा व्यहोरेरै पनि होटल सञ्चालन गरिरहेको बताउछन् । सरकारले लकडाउनको घोषणा गरेपछि ठप्प भएका होटल व्यवसाय ७ महिनाअघिदेखि चल्न थालेका थिए ।

नेपाल होटल एसोसिएसन हानका अध्यक्ष सिर्जना राणाका अनुसार पर्यटक नआएपछि साना मात्रै होइन, ठूला होटेललाई पनि समस्या भइरहेको छ । नेपाल राष्ट्र बैँकको अध्ययन प्रतिवेदन अनुसार कोरोना महामारीका कारण अझैँ पनि २३ दशमलव ७६ प्रतिशत होटल तथा रेष्टुराँ खुल्न सकेका छैनन् ।

नेपालमा तारे होटल मात्र करिब १ सय ४० छन् भने अन्य साना ठुला गरी लगभग ८० हजार होटल सञ्चालनमा रहेको होटल सङ्गठनहरूको दावी छ । तर पाहुना नआउँदा १० देखि १५ खर्बको लगानी पनि जोखिममा परेको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.