www.tandavnews.com
Fact ~ In search of truth

भिमाद सिद्धगुफा : दर्जन फोटोमा हेरौ ! तिन तले गुफा भित्रका आकृति

पोखरा
ताण्डव न्यूज ।

तनहुँको भिमाद नगरपालिका ९ मा विभिन्न धार्मिक तथा पर्यटकिय स्थलहरु रहेका छन् । ऐतिहासिक महत्व बोकेको चमेरे गुफा तथा सिद्धगुफा, घाङ्च ल्हुङ (अग्लो ढुङ्गा), झाँते ढुङ्गा, काला भैरव साथमा भ्यू टावर, ईलुङ झरना लगायतका विभिन्न पर्यटकिय स्थलहरु यही वडामा पर्दछन् । भिमाद बजार देखी करिब साढे ४ किलोमिटरको दुरीमा धन्दुर स्थित चमेरे गुफा र सिद्धगुफा पर्दछ ।

स्थानियका अनुसार महाशिवरात्रीमा मेला लाग्ने उक्त सिद्धगुफा तिन तले रहेको छ । गुफा भित्र पसिरकेपछि पहिलो तला सभाहल जस्तो देखिन्छ । भने दोस्रो तला प्रवेश गर्न केही संघर्ष गर्नुपर्छ र उक्त तलामा खेतका गराहरुको आकृति देख्न पाईन्छ । त्यस्तै (तेस्रो) माथिल्लो तलामा जान झनै बढि मेहनत गर्नुपर्छ । उक्त तलामा गौ–थुन, पोखरी, मकैको सुली लगायतका आकृती प्रशस्तै रहेका छन् । उक्त गुफा संरक्षण तथा प्रवद्र्धनका लागि  स्थानिय र सरकारी पक्षबाट भौतिक संरचना निर्माण तथा व्यवस्थापकिय पहलहरु हुदै आएका छन् ।

Batas

सिद्धगुफा भित्र देखिने केही आकृतिहरु ताण्डव न्यूजको लेन्सबाट हेरौ :

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.