www.tandavnews.com
Fact ~ In search of truth

हुम्ला जाने यात्रुलाई अब पिसिआर रिपोर्ट नचाहिने

हुम्ला ।

नेपालगञ्ज र सुर्खेतबाट हवाई मार्ग हुँदै हुम्ला जादाँ यात्रुलाई अब कोरोनाको पिसिआर रिपोर्ट नचाहिने भएको छ ।

यसअघि जिल्ला प्रवेश गर्दा अनिवार्य रिपोर्टको प्रावधान थियो । २०७६ चैत ११ गतेदेखि कारोना जोखिम हुन नदिन लकडाउन जारी गरिए पश्चात् जिल्लाका नागरिक आवतजावत गर्नका लागि अनिवार्य गरिएको थियो ।

Batas

जिल्ला बाहिरबाट सदरमुकाम सिमकोट आउँदा रु दुई हजार तिरेर पिसिआर रिपोर्ट ल्याउनु पर्दा जिल्लावासी समस्यामा पर्ने गरेका थिए । जिल्ला प्रशासन कार्यालयको कोभिड विपत् व्यवस्थापन समितिको बैठकले अनिवार्य पिसिआर नचाहिने निर्णय गरेपछि सो समस्याबाट हुम्लाका स्थानीयवासीले छुटकारा पाएका छन् ।

सिमकोट जाँदा पिसिआर रिपोर्ट नचाहिने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले जानकारी दिए ।जिल्ला बाहिरबाट आएका व्यक्तिलाई विमानस्थलको हेल्थ डेक्सले नियमित कोरोना चेकजाँच गर्ने भएको छ । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.